CG Electronics
IME Life
NIMB

उर्जा ऐन निर्माणका लागि संसदमा विधेयक अगाडि बढाउन प्रतिवद्ध छु : सभामुख घिमिरे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। सभामुख देवराज घिमिरेले संसदमा ऐन निर्माणका लागि लगिएको उर्जा विधेयकलाई छलफलका लागि सरोकारवाला निकायलाई झक्झकाउने देखि छलफलका लागि आवश्यक वातावरण निर्माण गर्न सक्दो पहल गर्ने बताएका छन् ।

आज सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवस पारेर ललितपुरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले नयाँ उर्जा ऐन निर्माणका लागि लगिएको उर्जा विधेयकलाई अगाडि बढाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।

उनले दोस्रो पल्टको आम निर्वाचनपछि बनेको सरकारमा पनि समस्याहरु हुने गरेकाले संसदमा प्रभावकारी रुपमा ऐन नियम निर्माणका कार्यमा प्रभावकारीता नभएको स्वीकार्दै उर्जा विधेयकलाई अगाडि बढाउन आवश्यक पहल गर्ने बताए ।
उनले भने, ‘संसदको काम भनेकै आवश्यक ऐन कानून निर्माण गर्ने नै हो ।

त्यो सन्दर्भमा थन्किएर बसेका कानूनहरुलाई अगाडि बढाउने, कानूनहरु पास गर्ने,र संशोधन गर्नुपर्ने कानूनहरुलाई संशोधनको काममा संसदीय भुमिका निर्वाह गर्ने कुरामा,सरकारले ध्यान दिनुपर्ने लगायत संसदले खेल्नुपर्ने भुमिका नै महत्वपूर्ण छ ।’

उनले त्यो कुराहरु लागु गराउनको लागि सामुदायिक विद्युत उपभोक्ता तथा उपभोक्ताले सञ्चालन गरेका संस्थाहरुले सरकार र जनप्रतिनिधिलाई झकझकाउन अझ महत्वपूर्ण हुने भन्दै उनले थपे ‘विद्युत महासंघ मात्र होइन् उपभोक्ताहरुले संचालन गरिरहेका यस्ता सस्थाहरुको भुमिका सोझै जनताले उपयोग गरिरहेको हुन्छ ।

तपाईहरुले भुमिका खासगरि आफ्ना निर्वाचित जनप्रतिनिधिहरु मर्फत सरकार सम्म जान सकोस र मैले यस्ता ऐनहरु बनाउने कुरामा विधेयकलाई अगाडि बढाउने,बहस छmलफलहरु गर्ने,सरोकारवालाहरुसंग समन्वय गर्ने र सरोकारवालाका अनुभव र आवश्यकतालाई पूर्ति गर्ने कार्यको लागि ऐनहरु बनाउने कुरामा संसदको भुमिकामा आफ्नो भुमिका खेल्ने छु ।’

उज्यालो नेपाल बनाउन सरकारले ल्याएको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरि देशभित्रै रहेका साना तथा ठूला उद्योगमा जलविद्युत खपत बढाएर लैजान सके नेपालको उन्नति जलविद्युतबाटै सम्भव हुने धारणा उनको छ ।

उनले सरकारले दुई वर्षमा देशका सबै स्थानमा विद्युत पु¥याउने उद्देश्यले सुरु गरेको अध्याँरो मुक्त देश बनाउन लगाएको सरकारी नारालाई पूरा गर्न महासंघको भुमिका महत्वपूर्णं हुने पनि बताए । उनले सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघले देशमा बढी भन्दा बढी विद्युत खपत गर्ने क्षमताको गर्न नयाँ ढंगबाट सोच्नुपर्ने बताएका बताएका छन् ।

उनले भने,‘दुई वर्ष भित्रमा अध्याँरोमुक्त देश बनाउन लागिरहेको सरकारी नारालाई पूरा गर्नको लागि महासंघको भुमिका महत्वपूर्ण हुने नै छ । त्यो मात्र होइन नेपालको खास गरिकन जलविद्युतबाट नै गर्न सकिन्छ ।

र, त्यसका लागि आम उपभोक्ताले उपभोग गर्ने विद्युत मापन गर्ने साना देखि ठूलाठूला उद्योगधन्दाहरुमा हाम्रो विद्युत खपत गर्ने वातावरण निर्माण गर्न सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ खालि हिजोको ढंगबाट मात्रै होइन कि अब औद्योगिकीकरण गर्न विद्युतको बढी भन्दा बढी खपत गर्न सक्ने क्षमताको विकास कसरी गर्न सकिन्छ त्यसतर्फ नयाँ ढंगबाट सोच्नुपर्छ । विगतका अनुभवलाई पनि संगै लिएर जानुपर्छ ।’ ०००

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...