CG Electronics
IME Life
NIMB

कुमारी बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब २१ करोड ७१ लख रुर्पयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष बैंकको ब्याज आम्दानी बढेको भएपनि नाफा भने घटेको छ । गत आर्थिक वर्षको असारमा खुद नाफा २४.१४ प्रतिशत घटेर १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खराब कर्जा बढेका कारण बैंकको नाफामा असर गरेको हो । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ६४.०६ प्रतिशत बढेर १३ अर्ब २ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४६ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ७८.२७ प्रतिशत बढेर २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष ६८.७१ प्रतिशत बढेर १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ, निक्षेप ७८.७९ प्रतिशत बढेर ७८.७९ प्रतिशत बढेर ३ खर्ब १६ अर्ब ४ करोड रुपैयाँ र कर्जा लगानी ७७.३५ प्रतिशत बढेर २ खर्ब ७० अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...