CG Electronics
IME Life
NIMB

विश्वस्तरीय शिक्षणमा मदन भण्डारी विश्वविद्यालय सफल हुने क्षिक्षा मन्त्री राईको विश्वास

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले नवस्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वस्तरीय शिक्षणमा सफल हुने विस्वास व्यक्त गरेका छन् ।

 

सोमबार ललितपुरमा आयोजित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय उद्घाटन सम्मेलनमा मन्त्री राइले विश्वविद्यालयले विज्ञान तथा प्रविधिसम्बन्धी उच्चशिक्षाका लागि विश्वस्तरीय शिक्षणमा सफल हुँदै अध्ययन तथा अनुसन्धानमा केन्द्रीत हुनेमा जोड दिएका छन् ।

 

उनले भने,“सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विश्वविद्यालय सफल हुनेछ ,धेरै चुनौतीलाई पार गर्दै विज्ञान तथा प्रविधिसम्बन्धी उच्चशिक्षाका लागि मदन भण्डारी विश्वविद्यालयले सफलता प्राप्त गर्नेछ ।”
उक्त सम्मेलनमा विज्ञान तथा प्रविधिको क्षेत्रमा संयुक्तरुपमा अध्ययन अनुसन्धानका लागि कार्य गर्न हेतु उक्त विश्वविद्यालय र लार्के हिमाल जडीबुटी उद्योगबीच सम्झौतासमेत सम्पन्न भएको छ ।

 

विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा.राजेन्द्रध्वज जोशी र उद्योगका अध्यक्ष दीपक पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

 

विसं २०७६ वैशाखमा मदन भण्डारी विज्ञान तथा प्रविधि विकास बोर्डको स्थापनासँगै विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको थियो । सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्थानीय परिवेश अनुरूप ज्ञान र प्रविधिको सिर्जना गर्ने ,समृद्ध नेपाल निर्माणमा सघाउने लगायतका उद्देश्यले विश्वस्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पना गरिएको हो ।

नवनिर्मित विश्वविद्यालयले मकवानपुरको चित्लाङमा डिसेम्बर १,२०२३ देखि देशको वास्तविक जीवन आवश्यकतामा केन्द्रित हुने गरी अनुसन्धानमा आधारित स्नातकोत्तर र विद्यावारिधि (पीएचडी) सम्मको कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ । ०००

 

 

 

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...