CG Electronics
IME Life
NIMB

सरकारले आफुलाई योग्य ठानेर लुम्बिनी विकास कोषको जिम्मेवारी दियो : ल्हारकाल लामा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा मनोनित भएका डा. ल्हारकाल लामाले आफुलाई योग्य ठानेर सरकारले जिम्मेवारी प्रदान गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले आफु बुद्धको उपदेशबाट एक इञ्च दायाँबायाँ नहिडेको र आफ्नो जीवन दर्शन नै त्यही भएको बताएका छन् । तर लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको आफ्नो नियुक्ति पछि केही सञ्चार माध्यमले आफुमाथि गम्भीर लाञ्छना लगाएको गुनासो उनको छ ।

उनले भने ‘ विगत केही वर्षयता जब जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यहीबेला मविरुद्ध यस्ता लान्छाना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरु एउटै जमात छन् । उनीहरुले लगाएका अभियोगहरुको अदालती परीक्षणमा समेत मैले सधैं सफाइ पाएको छु तर जब उनीहरुको स्वार्थमा धक्का लाग्छ,तब मविरुद्ध समाचारका खेति हुने गरेका छन् । यो भनेको सम्मानित अदालतको समेत अपहेलना हो । ’

संविधान सभा सदस्य,व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला अन्तर्राष्ट्रिय फोरमहरुमा आफुले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोलेको उनको भनाइ छ । तर जब देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यतिबेला अवरोध सिर्जना गर्ने नियतले आफुविरुद्ध बिभिन्न अफवाहहरु फैलाइने गरेको गुनासो पनि उनले गरे ।

उपाध्यक्ष लामाले अगाडि भने ‘ म हेलम्बुजस्तो दुर्गम गाउँमा गरीव आदिवासी जनजाति परिवारमा जन्मिनु,मैले बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै मेरो अपराध हो भने यो अपराधबाट मैले कहिल्यै सफाइ पाउन सक्दिन । कहिले नागरिकताको प्रश्न उठाए,कहिले सम्पत्ति शुद्धीकरणको ।

कहिले हातहतियारको त कहिले ठगीको । तर ती सबै मविरुद्ध र मैले अबलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए भन्ने सम्मानित अदालतबाट पुष्टि भइसकेका छन । ’

लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला तर आफ्नो लागि भने गहन जिम्मेवारी भएको पनि लामाले बताए ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...