CG Electronics
IME Life
NIMB

पठाओ कार लाइट (ट्याक्सी) सेवाको चार वर्ष पूरा, आजबाट पार्सल सुविधा सुरू

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले ‘पठाओ पार्सल’ सेवा सुरू गरेको छ । काठमाडौँ उपत्यका भित्र कतै सामानहरु पुर्‍याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।

“बिर्सिनु त स्वाभाविक हो! पठाओ पार्सल छँदै छ नि !” भन्ने नाराका साथ पठाओले सामान ढुवानी गर्न आफ्नो पार्सल सेवा विस्तार गरेको हो । पठाओको मोबाइल एप मार्फत यो सेवा लिन सकिन्छ ।

पार्सल सेवाका लागि पठाओ राइडरहरू परिचालन गरिने कम्पनीले बताएको छ । पार्सल सेवा पनि राइड सेयरिङ्ग सेवा जस्तै छिटोछरितो र सुरक्षित भएको थापाले जानकारी दिए ।

पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन् । सामानहरू पार्सल गर्दा केही हानी/नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत हुने थापाले बताए ।

यस अगाडि बाइक, कार लाइट (ट्याक्सी), पठाओ बजार र पठाओ फुडको सेवा दिंदै आएको पठाओले आफ्ना सेवाग्राहीलाई थप सुबिधा दिन पार्सल सेवा सुरू गरेको थापाले बताए ।

चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिन्छ । केही समयदेखि परिक्षणमा रहेको यो सेवा आज (अगस्ट ९) देखि पूर्ण रुपमा सुचारु भएको हो ।

पठाओ कार लाइट (ट्याक्सी) सेवाको चार वर्ष पूरा

पठाओ नेपालको कार लाइट (ट्याक्सी)को सेवा ४ वर्ष पूरा भएको छ । सन् २०१८ सेप्टेम्बदेखि बाइकमा राइड सेयरिङ सेवा सुरू गरेको पठाओले सन् २०१९ अगस्ट ९ देखि नेपालमा कार लाइट सुरू गरेको थियो ।

बार्गेनिङको झन्झट नहुने, चोक सम्म खोज्न जान नपरी गेटदेखि गेटसम्म सेवा हुने, डिजिटल भुक्तानी गर्न मिल्ने, यात्राको समयमा लाइभ ट्र्याकिङ्को व्यवस्था, १० लाख रुपैयाँसम्मको इन्स्योरेन्स जस्ता सुविधाले कार लाइटको लोकप्रियता बढ्दो दरमा रहेको थापाले बताए ।

हाल काठमाडौं उपत्यकामा आठ हजार बढी ट्याक्सी पठाओमा आवद्ध छन् ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...