रवि लामिछानेको प्रश्न : राजश्वले गरिरहेको अनुसन्धान कुन कानून टेकेर सिआइबीलाई दिइयो ?
Thursday Aug 10, 2023
वि.सं.२०८० साउन २५ बिहीवार १०:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुन कानून टेकेर राजश्वले गरिरहेको अनुसन्धान सिआइबीलाई दिइएको हो भन्ने विषयमा गृहमन्त्रीले प्रष्ट पार्नु पर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठक पछि पत्रकारहरुसंग कुराकानी गर्दै सभापति लामिछानेले अनुसन्धान सिआइबीलाई नदिने होइन तर कुन कानून अनुरुप दिइयो भन्ने चै प्रष्ट हुनु पर्ने बताए ।
उनले भने ‘ मेरो गृह मन्त्रीलाई प्रश्न आम नेपाली जनतालाई स्पष्ट पारिदिनु होला ताकी तपाईले कुन कानुनमा टेकेर यो राजस्व अनुसन्धानबाट सिआईबीमा लानु भो ? गृह मन्त्री ज्युले हिजो दिनुभएको जवाफमा ३५ दिनको समय माग्नु भएको छ ।
तर उहाँलाई मेरो प्रश्न छ जुन सिआईबीलाई राजस्व अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सिआईबीमा लाने कुरा भयो राज्यका निकायलाई विश्वास गरौं भन्नु भयो तर मेरो प्रश्न कुनै कानूनमा टेकेर तपाईले गर्नु भयो होला । सिआईबीलाई नदिने भनेको होईन मैले तर कुनै प्रकृयामा जाँदा कुनै कानुनलाई टेकेर गर्नु पर्ने हुन्छ । ’
सभापति लामिछानेले यो सुन प्रकरणमा विभिन्न निकायको मिलेमतो भएको दावी पनि गरे । तस्करी सामान्य कर्मचारीको मिलेमतोले मात्र सम्भव नभएको उनको तर्क छ ।

























