CG Electronics
IME Life
NIMB

नेपाल विद्युत प्राधिकरणको आम्दानी घट्यो : अघिल्लो वर्षभन्दा १ अर्ब ४ करोड घाटा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आम्दानी घटेको छ ।
बिहीबार नेपाल विद्युत प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष एक अर्ब ४ करोडले नाफा घटेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महानिर्देशक कुलमान घिसिङले, अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष एक अर्ब ४ करोडले नाफा घटेको जानकारी दिएका हुन् ।

गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदी नालामा पानीको बहाव घट्नु, हिउँ नपर्नुलगायतका कारणले विद्युत उत्पादनमा घटेको भन्दै उनले आन्तरीक माग धान्न विद्युत आयात गर्नु परेको नाफा प्रभावित भएको बताए ।

‘आर्थिक वर्ष २०७७ —७८ मा नाफा ६ अर्ब १० करोड रुपैयाँ रहेको मा २०७८—८९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । ७९—८० मा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।’ उनले भने, ‘गत आर्थिक वर्षमा सुख्खा यामको समय बढेर खोला तथा नदी नालामा पानीको बहाव घट्दा हिउँ नपरेको कारणले हिमालमा हिउँको परिमाण घटेकोले प्राधिकरण र नीजि क्षेत्रका जलविद्युत केन्द्रहरु विद्युत उत्पादनमा ह्वास आउँदा आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित भएको हो ।’

उनले विद्युत आपूर्तिमा गड्बढी भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न प्रणालीमा सुधार, पूर्वाधार निर्माण र सुदृढिकरण अगाडि बढाईएको पनि दाबी गरे ।

काठमाडौं उपत्यकासहित देशका प्रमुख ११ शहरहरुको सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध प्रशाारण लाईन तथा सवस्टेसनहरुको निर्माण अगाडी बढाएको उनको भनाई छ ।

उनले भने, ‘विद्युत आपूर्तिमा गड्बढी भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने प्रणालीका पूर्वाधार निर्माण व्यवस्था संरचनाहरु र सुधार र सुदृढीकरण अगाडि बढाईएको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख ११ शहरहरुको सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध ४ सय २२० र १३२ के.बिका प्रशारण लाईन तथा सवस्टेसनहरुको निर्माण अगाडी बढाईएको छ ।’

महानिर्देशक घिसिङले सेवा प्रवाहलाई आधुनिक तथा स्वचालित बनाउँन डिजिटल एनिय कार्यक्रम अन्तरर्गत प्रशारण तथा वितरण तर्फका सवस्टेसनहरुलाई स्वचालित बनाउन सुरु गरीएको पनि जाकारी दिए ।

 

 

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...