सिल्भीयाका कलामा नेतादेखि व्यापारीसम्म मन्त्रमुग्ध,मुक्त कण्ठले गरे प्रंशशा
Thursday Aug 10, 2023
वि.सं.२०८० साउन २५ बिहीवार १६:१८
काठमाडौं । नेपाल केन्द्रको आयोजनामा र आर्टसफरपिपलको सहयोगार्थ एक दर्जन नेपाली तथा विदेशी कलाकार चित्रकारहरुका करीव डेढसय कृति प्रदर्शनीमा राखिएकोछ ।
राष्टिय सभाका अध्यक्ष सम्माननिय गणेश प्रसाद तिमिलसिनाको प्रमुख आतिथ्यमा आयोजना गरिएको क्रसिगं कन्टिनेन्ट आर्ट एक्जिविसनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष तिमिल्सिनाले नेपालमा यसखाले विदेशी तथा स्वदेशी कलाकारहरुका कृतिहरुलाई एकै स्थामा प्रदर्शनीमा राखिनु देशका लागि सम्मानको कुरा भएको बताए ।

सरकारले गर्ने कामहरु यसरी स्वस्फूर्तरुपमा कला सम्बद्ध संस्थाले गरेकोमा बधाइ तथा शुभकामना दिदै नेपाली कलाकारहरुले आफ्नो देशको मौलिकता संस्कृतीलाई चित्रमार्फत उजागार गर्दै कलाबिषय प्रदर्शनीहरु अझ तिब्र र व्यापकरुपमा गर्नुपर्नेमा उनको जोड रह्यो ।
नेपालस्थित पोर्चुगलका कन्सुलर तथा प्रशिद्ध उद्यमी राजेन्द्र खेतानले यस कला प्रदर्शनीले नेपाल र विदेशी भावनालाई एउटै ठाउमा ल्याएर दर्शकहरुलाई नयाँ स्वाद दिएकोमा प्रंशशा गरे ।
खेतानको आसय थियो, कलाकारका सृजनामाथि प्रतिलिपी अधिकारलाई नेपालले गम्भिरता नलिएका कारण कतिपयरुपमा सर्जकले पछाडि पर्नु परेको बताउनुभयो । प्रदर्शनीमा राखिएका एक दर्जन कलाकारका कृतिले एकआपसमा मैत्रीभाव बढाएको खेतानको भनाइ रह्यो ।
कला प्रदर्शनीका बिशेष अतिथि नेपाल जर्मन च्याम्बर अफ कमर्शका अध्यक्ष सन्तोष कुँवरले कलाकारका कृतिलाई सरकारको उदासिनताका कारण धेरै अर्थमा पछाडि परेको बताउँदै आगामी दिनमा समाजका सचेत नागरिकहरुले कलालाई आत्मसाथ गदै अघि बढाउने दायित्व गरेको बताए ।

पोर्चुगलबाट आएकी सहभागी कलाकार आना सिल्भीया मालहाडोले नेपाल केन्द्र र आर्टस फर पिपलको संयुक्त आयोजनामा आगामी सीरिजहरु प्नि गरिने बताए । उनले आफू पहिलोपटक नेपाल आएको बताउँदै यहाँको मौलिकता र कला दुबैले मन्त्रमुग्ध बनाएको सुनाए । कलाकारहरुका सृजनामा शक्तिसाली भाव रहेको बताउँदै विश्वबजारमा पुग्नुपर्नेमा ढिला गर्न नहुनेमा उनको जोड थियो ।
कलाकार सिल्भीयाका चालीस सृजनाहरु प्रदर्शनीमा राखिएका छन् । प्रयोग गरिएका चियाको झोलालाई पुन प्रयोगमा ल्याउन बनस्पती र चराहरुका वाटर कलर थिममा राखिएकोछ । बंगलादेशबाट आएका सहभागी कलाकार असिफ उजमानले पनि कलाको सामाजिक महत्व बारेमा प्रकाश पारेका थिए ।
नेपाल केन्द्रका संस्थापक निर्मलकुमार थापाले यो पहिलोपल्टको प्रदर्शनी भएको र आगामी दिनमा धेरैभन्दा धेरै कलाकारलाई स्थान दिइने र अझ फराकिलो स्थानमा गरिने बताउँदै सहभागी कलाकारका हौसला बढाउनेमा कर्ममा सबैजना लाग्नुपर्ने बताउँदै कलाको कुनै देश नहुने र सीमित अर्थले बाध्न नसकिने बताए ।

कलपोखरी स्थित हुकुम दरवारमा भइरहेको यस क्रस कन्टिनल कला प्रदर्शनी तीन दिनसम्म चल्नेछ । बिहान दश बजेदेखि साँझ छ बजेसम्म कलापारखीहरुले चित्रहरु हेर्नसक्नेछन् ।

























