CG Electronics
IME Life
Ncell NPL

निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छ, ढकाल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवद्र्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताउनुभएको छ ।

 

भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै विस्तृत अध्ययन गरी यसको समाधान गर्न आग्रह समेत गर्नुभयो ।

 

उहाँले विश्वका अन्य मुलुकहरुमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको बताउँदै अध्यक्ष ढकालले यसको पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभयो ।

“विश्वका २३ वटा मुलुकमा निर्यात कागजात तयार गर्दा १ घण्टा, १६ मुलुकमा निर्यातमा भन्सार जाँच पास गर्दा १ घण्टा, १७ अर्थतन्त्रमा निर्यातका लागि कागजात तयार गर्दा शून्य लागत, १६ अर्थतन्त्रमा निर्यातका लागि सीमा क्षेत्र पार गर्दा लाग्ने लागत शून्य छ । हाम्रो छिमेकी राष्ट्र भुटानमा समेत आयात र निर्यातमा समान समय लाग्छ । तर, नेपालमा भन्सारमा ११ घण्टा लाग्ने गरेको छ,” उहाँले भन्नुभयो, “यसलाई नघटाई निर्यात प्रवद्र्धन हुन सक्दैन ।”

उहाँले विश्व बैंकको एउटा प्र्रतिवेदनले कच्चा पदार्थमा भन्सार महशुल छुट, पुँजीगत सबै वस्तुहरुमा भन्सार छुट वा अर्ध प्रशोधित वस्तुमा भन्सार छुट गर्दा उत्पादन वृद्धि हुने, निर्यात बढ्ने र उल्लेख्य रोजगारी बढ्ने देखाएको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

 

अध्यक्ष ढकालले वैदेशिक व्यापारमा एकलद्वार प्रणाली लागु गर्न, न्यूनतम पनि ९८ प्रतिशत वस्तुहरुको परीक्षण भन्सार विन्दुमा हुने व्यवस्था गर्न, एक्सरे मेशिन जस्ता न्यूनतम् प्रविधिको प्रयोग गरि भन्सार जाँचपास प्रक्रिया सरल बनाउन आवश्यक रहेको बताउनुभयो ।

एक अर्को प्रसंगमा अध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको सुधारका लागि लगानीकर्ता र उपभोक्ता दुवैको कन्फिडेन्स बढाउनुपर्नेमा जोड दिनुभयो ।

“अहिलेको अवस्थाभन्दा अर्थतन्त्र विग्रने अवस्था छैन । तर पनि अहिले लगानीकर्ता र उपभोक्ताको कन्फिडेन्स बढाउन नसक्दा अर्थतन्त्र सुधार हुन सकिरहेको छैन । यसलाई तत्काल सुधार गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले सकारात्मक पहल लिनुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो ।

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार क्षेत्र जोगाउन ‘सहरी मार्ग’ कायम गर्ने माग

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:३६

  काठमाडौं । वीरगञ्जको ऐतिहासिक पहिचान जोगाउन र मुख्य व्यापारिक...

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:२८

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९ जना पक्राउ

ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१९

  काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय...

कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१५

  बाजुरा । कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक...

आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई आग्रह

आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१३

  काठमाडौं । सूचना प्रविधि तथा सफ्टवेयर सेवा क्षेत्रका व्यवसायीहरूले...

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...