CG Electronics
IME Life
Ncell NPL

सामसङ ग्यालेक्सी जेड फ्लिप५ र फोल्ड५ सार्वजनिक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सामसङले स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ आइतबार सार्वजनिक गरेको छ।

सोल्टी होटल, काठमाडौंको प्रिभे नेपालमा आयोजित एक कार्यक्रममा सामसङले उक्त दुई स्मार्टफोन सार्वजनिक गरेको हो।

सामसङका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल २०२२ प्रियंका रानी जोशीले संयुक्त रुपमा ती नयाँ मोबाइलहरूको अनावरण गरेका हुन्।

कार्यक्रममा नयाँ ग्यालेक्सी जेड फ्लिप–५ र ग्यालेक्सी जेड फोल्ड–५ को विभिन्न विशेषताहरू जस्तै पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भिउइंग, सेल्फी र आइपिएक्स८ रेटिङलाई फेसन रन–वेमा मोडलहरूले प्रदर्शन गरेका थिए।

ुसामसङले निरन्तर रूपमा ग्यालेक्सी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको छ। ग्यालेक्सी जेड फ्लिप–५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड–५मा मल्टिटास्किङ गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरूको उच्चतम आवश्यकताहरूलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्तरमा पुर्‍याउनेछन्,ु निर्देशक स्थापितले भने।

दुवै फोनलाई धेरै टिकाउ बनाउन सावधानीपूर्वक निर्माण गरिएको छ। मेन स्क्रीन शक डिस्पर्शन तहका साथ जडान गरिएको छ।यसका साथै आइपिएक्स८ को रेटिङ, आर्मर अलुमिनियम फ्रेमहरू, र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको कम्पनीले बताएको छ।

ग्यालेक्सी जेड फ्लिप ५

ग्यालेक्सी जेड फ्लिप ५सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको फोन हो। जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्छ।

ग्यालेक्सी जेड फ्लिप५ मिन्ट, लाभेण्डर र कालो गरी तीन प्रकारका रङहरूमा उपलब्ध छ। यो ८ं२५६ जिबीमा मात्र उपलब्ध छ र यसको मूल्य १ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

ग्यालेक्सी जेड फोल्ड ५

वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलोर हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड५ जहाँ पनि लैजान सजिलो छ।

साथै ग्यालेक्सी जेड सिरिजमा यसले सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्ने कम्पनीले बताएको छ।

यो फोन कालो र निलो गरी २ प्रकारका रङहरूमा पाइनका साथै १२ जिबी मेमोरी सहितका २५६ जिबी र ५१२ जिबि स्टोरेजमा उपलब्ध छन्।

ग्यालेक्सी जेड फोल्ड५ १२ं२५६ जिबीको मूल्य २ लाख २६ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड५ १२ं५१२ जिबीको मूल्य २ लाख ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।

यी मोडलहरुको प्रि-अर्डर गत साउन २२ गतेदेखि नै सुरू भइसकेको छ।

साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकहरूले २५ हजार रुपैयाँसम्मको फाइदा हुने केही आकर्षक उपहारहरू पनि रोज्न सक्नेछन्।

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन बीमालेख सार्वजनिक

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन...

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:३४

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्लान्ट...

उद्धार गरिएका नागरिकलाई १००० जनासम्म बसोबास सुविधा दिन होटल व्यवसायी महासंघ तयार

उद्धार गरिएका नागरिकलाई १००० जनासम्म बसोबास सुविधा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:२५

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल (HPFN) ले सामाजिक...

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल,...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:०८

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका...

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:००

  सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले...

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५६

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स...