CG Electronics
IME Life
NIMB

फोनपे र एन.आई.पी.यलद्वारा नेपाल र भारत बीच क्रस बोर्डर क्यु.आर भुक्तानीको सुरुवात

NIMB
Himalayan Bank

 

काठमाडौँ । भाद्र २१, २०८०, फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (NPCI) को अन्तर्राष्ट्रिय शाखा ‘एन.आई.पी.यल’ (NIPL: NPCI International Payments Limited), द्वारा नेपाल र भारत बीच पहिलो क्रस बोर्डर क्यु.आर (QR) भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ। यो ऐतिहासिक साझेदारी को सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ।


फोनपे, र एन.आई.पी.यल (NIPL) बीचको यस सहकार्यले, दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई, यी दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यु.आर (QR) कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्नेछ।

उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ।प्राविधिक एकीकरणको समाप्ति पस्चात यी दुई कम्पनीहरू, आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन्, जसको अनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन्। दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुनेछ।

फोनपेका सभापति तथा एफ.वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल ज्यू का अनुसार, “यो उल्लेखनीय प्रक्षेपण, दुबै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो। म विश्वस्त छु कि यस पहलले दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ र अन्तत: समृद्धि र विकासलाई बढावा दिनेछ ।”

सोही अवसरमा बोल्दै, एन.पीसी.आई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड ले, “यस पहलले नवप्रवर्तन प्रति रहेको हाम्रो प्रतिबद्धतालाई जनाउँछ। यु.पि.आई (UPI) एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्नेछ र मानिसहरूको कारोबार गर्ने तरिकालाई बृद्धि गर्नेछ। फोनपे सँगको यस साझेदारी लाई हामीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेका छौँ र फोनपे सँगसँगै रुपान्तरणको यो यात्रा सुरु गर्न पाउँदा हामी धेरै उत्साहित छौँ “भनी जनाएको छ |

 

फोनपे को बारे:

फोनपे एक भुक्तानी प्रणाली अपरेटर हो जसले अन्तर-बैंक व्यक्ति-देखि-व्यक्ति (पर्सन टु पर्सन: पि टु पि) र व्यक्ति-देखि-व्यवसायी (पर्सन टु मर्चेन्ट: पि टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ । फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर: पि एस् ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो र हालपनि राष्ट्र बैंकद्वारा नियमन गरिँदै आएको छ । ‘पि सि आइ डि एस् एस्’ प्रमाणीकरण प्राप्त गर्ने फोनपे, नेपालको पहिलो गैर-कार्ड-आधारित ‘पि एस् ओ’ पनि हो।


फोन पे एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । नेपालमा आइ एस ओ २७००१ : २०१३ प्रमाणित भुक्तानी सेवा सञ्चालकको रूपमा, फोनपेले बैंक र वालेट ग्राहकहरू साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरू दिँदै नगदरहित अर्थतन्त्रमा योगदान गरिरहेको छ । फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा आविष्कारहरू ल्याउनमा केन्द्रित छ ।
फोनपे को बारेमा थप जानकारीका लागि : https://www.fonepay.com

एन.पी. सी.आई को बारे:

नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (NPCI) लाई २००८ मा भारतमा खुद्रा भुक्तानी र सेटलमेन्ट प्रणालीहरू सञ्चालन गर्ने संगठनको रूपमा समावेश गरिएको थियो। NPCI ले देशमा एक बलियो भुक्तानी र सेटलमेन्ट पूर्वाधार सिर्जना गरेको छ। यसले रू पे कार्ड (RuPay), इमिडिएट पेमेन्ट सर्भिस (IMPS), यूनिफाईड पेमेन्टस इन्टरफेस (UPI), भारत इन्टरफेस फर मनी (BHIM), भीम आधार, राष्ट्रिय इलेक्ट्रोनिक टोल कलेक्सन (NETC FasTag) जस्ता खुद्रा भुक्तानी उत्पादनहरूको मार्फत भारतमा भुक्तानी गर्ने तरिकालाई परिवर्तन गरेको छ।

थप जानकारीका लागि: https://www.npci.org.in/

 

 

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५४

  काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५०

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी...

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा बढी आर्जन, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:४२

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय...

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:३३

  काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक...

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य, नागरिक एपबाट बैंकिङ फाराम भर्न सकिने

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य,...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:२०

  काठमाडौँ । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग...