CG Electronics
IME Life
NIMB

शिक्षा शुल्क नियन्त्रणका लागि कठोर हुन आवश्यक छ : मन्त्री राई

NIMB
Himalayan Bank

 

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि मन्त्री अशोक राईले उच्च शुल्क लिएर विद्यार्थीहरुलाई दुःख दिएको विषयमा कठोरतापूर्वक लाग्न आवश्यक भएको स्वीकार गरेका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उनले शिक्षा क्षेत्रको शुल्कको विषयमा कठोर भएर प्रस्तुत हुनुको विकल्प नभएको बताए ।

उनले भने, ‘उच्च शुल्क लिएर विद्यार्थीहरुलाई दुख दिने कुरामा अहिले एउटा सिस्टममा ल्याएको छ त्यसको लागि कठोरतापूर्वक ऐनलाई कार्यान्वयन गर्न आवश्यक पनि थियो । यसमा उपलब्धिको पाटो एकदम राम्रो छ ।’

यस्तै उनले मानव स्रोतको योजनाको जिम्मेवारी शिक्षा मन्त्रालयमा आएको भन्दै त्यसको लागि विज्ञहरुको राय सुझाव लिएर संसदमा प्रस्तुत गर्ने बताए ।

‘मानव स्रोतको योजनाको जिम्मेवारी हाम्रो मन्त्रालयमा आएको रहेछ । यसमा मन्त्रालयमा विज्ञहरुले ड्राफ्ट बनाएर अन्य आयोग र विश्वविद्यालयमा गएको छ । छलफलको लागि विज्ञहरुको राय सुझाव लिने काम पनि चलिरहेको छ ।’

उनले भने, ‘छिटो भन्दा छिटो मानव स्रोतलाई योजनावद्ध ढङ्गले विकास गर्ने सम्बन्धी प्रतिवेदन पनि ल्याउँछौ संसदमा पनि हामी प्रस्तुत गर्ने नै छौ । त्यो भएपछि आवश्यक नभएको जनशक्ति धेरै उत्पादन हुने आवश्यक क्षेत्रमा भने अभाव हुने जस्तो हुदैँन् होला ।’

व्यवसायीहरूले गरेको उजुरीहरूलाई ऐन कानूनबाट नै हल गर्नुपर्ने भन्दै नर्स, स्वास्थ्यकर्मी जनशक्तिको उत्पादनलाई सुनिश्चित गर्ने भन्ने विषयलाई भने थप छलफल गर्नुपर्ने उनको भनाई छ ।

‘हाम्रो उजुरीकर्ता व्यवसायी साथिहरुले ल्याएको कुराहरु ऐन कानूनबाट नै हल गर्नुपर्ने हुन्छ । तत्काल परीक्षामा सामेल गर्ने भनेर प्रवेश पत्र दिने र परीक्षामा सामेल नगराउने भन्ने गुनासो छ त्यसलाई तत्कालको लागि समाधान गर्न सक्छौ ।’

उनले भने, ‘बाँकी संस्थाहरुलाई कसरी नर्सहरुको उत्पादनलाई, स्वास्थ्यकर्मी जनशक्तिको उत्पादनलाई सुनिश्चित गर्ने भन्ने विषयलाई थप छलफल गरेर ऐन कानूनमा हेर्नुपर्छ जस्तो लाग्छ ।’

उनले विद्यालय शिक्षा पालिकाले हेर्ने, प्राविधिक शिक्षा प्रदेशलाई जिम्मेवारी दिने भन्दै शिक्षाको गुणस्तर, पाठ्यक्रम बनाउँने, तालिमहरु दिने जिम्मेवारी संघलाई दिने योजना पनि रहेको बताए ।

आजको बैठकमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग छलफल भएको थियो ।

 

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...