CG Electronics
IME Life
NIMB

२०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउने प्रधानमन्त्रीको भनाई

NIMB
Himalayan Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकारले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउने गरी काम गरिरहेको बताएका छन् ।

लगानी बोर्डको १२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले, सरकार आफ्नो लक्ष्यमा प्रतिवद्ध रहेको भएपनि, त्यो चुनौतिपूर्ण भएको बताए ।

उनले भने, ‘नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको छ । तर, कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समय सीमाभित्र हाम्रा आकांक्षाहरू साकार पार्नु प्रमुख चुनौतीको रूपमा रहनेछ ।’

ठूला पूर्वाधार आयोजनाहरूलाई सहजीकरण र परिचालन गर्ने सन्दर्भमा सङ्कलन गरेको अनुभवका आधारमा सरकार अघि बढेको बताएका उनले हालको १५औं पञ्चवर्षीय योजनामा कुल लगानीको आधाभन्दा बढी निजी क्षेत्रबाट आउने अपेक्षा गरिएको सुनाए ।

‘हामी कार्यान्वयनको अन्तिम वर्षमा छौं । हामीले १६औं आवधिक योजनाको मस्यौदा तयार गर्दा, नेपाल सरकार राष्ट्रिय विकासका लागि निजी क्षेत्र, देशी र विदेशी स्रोत परिचालन महत्त्वपूर्ण छ भन्ने कुरामा दृढ विश्वास गर्छ ।’ उनले भने ‘व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानूनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध छ ।’

सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य भएको भन्दै प्रधानमन्त्री प्रचण्डले, वर्तमान सरकार एफडीआईको सन्दर्भमा नीति सुधार गर्न र विशेष गरी पीपीपी मोडलमा विकासका विभिन्न चरणमा रहेका आयोजनाहरूको प्रभावकारी ह्यान्डहोल्डिङका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...