CG Electronics
IME Life
NIMB

बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छ : अर्थमन्त्री महत

NIMB
Himalayan Bank

बस्तीपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको वस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा आयोजित समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व। प्रदिप गिरिको सिराहा वस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभामा बोल्दै मन्त्री डा। महतले भन्नुभयो, ‘प्रदीप गिरी ज्ञानको ठूलो खानी, सादगी र सरलता हामी सबैका लागि अनुकरणीय छ ।’

प्रदीप गिरीको विचारलाई निरन्तरता दिने प्रयास भइरहेकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री डा। महतले भन्नुभयो, ‘प्रदीप गिरी परिचित नाम हो । उहाँको विचार र ज्ञान अथाहा थियो ।

उहाँको विचारबाट हामी केही न केही प्रभावित भएका छौं ।’ अहिले उहाँ हुनुहुन्न, तर उहाँको महत्व अझ बढेको मन्त्री डा। महतले बताउनुभयो ।

‘दुरगामी कालमा जे जसको जे महत्व छ, त्यो महत्वलाई समाजले पूर्णरुपमा आत्मसात नगरेको हुनसक्छ । तर, भौतिक अस्तित्व नरहेपछि त्यसको आवश्यकता र महत्वका बारेमा मानिसहरुले मन्थन गर्न थाल्छन्’ मन्त्री डा। महतले भन्नुभयो ।

‘प्रदीप गिरीको जीवनकालमा आम जनताले जाने बुझे आत्मसात हामी सबैले गर्न सक्यौ, त्योभन्दा बढी उहाँको अभाव हामीले महसुस गर्ने छौं ।

उहाँको विचारलाई आत्मसाथ गर्नेछौं’ मन्त्री डा। महतले भन्नुभयो, ‘उहाँले पछाडि परेको वर्ग, क्षेत्र, महिला, दलित, मधेश र आदिवासी जनजातिलाई राजनीतिको मूल धारमा ल्याउनुपर्छ भन्ने अभियान उहाँले सुरु गर्नुभएको हो । त्यो अभियान सबै राजनीतिक दलमा फैलियो । जसको परिणाम हामीले सबै वर्ग र समूहको प्रतिनिधित्व हुने संविधान निर्माण गरेका हौं, त्यसलाई कार्यान्वयन गर्ने तहमा हामी छौं ।’

‘मूल लक्ष्य पछाडि परेको समूह, क्षेत्रलगायत सबैको पहुँचमा देशको साधन श्रोत पुर्याउने र सबैको जीवनस्तर माथि उठाउने हाम्रो लक्ष्य हो ।

हाम्रो साधनश्रोतले भ्याएसम्म शिक्षा, सडक यातायात, सिँचाइ, विजुली पुर्याउने हाम्रो लक्ष्य छ । यद्यपि यो वर्ष बजेटको न्यूनताले गर्दा हामीले आवश्यकताअनुसार पुर्याउन सकेका छैनौं’ मन्त्री डा। महतले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको छ ।

आउँदो दिनमा जनताका आवश्यकतामा थप लगानी गर्ने अवस्थामा हामी पुग्ने छौं । बाटो, अस्पतालको आवश्यकताको कुरा यहाँ उठ्यो, त्यसलाई सरकारले गम्भीरतापूर्वक लिनेछ । हाम्रो साधन श्रोतले भ्याएसम्म ती आवश्यकता पुरा गर्ने म प्रतिबद्धता व्यक्त गर्दछु ।’

 

हाम्रो आवश्यकता ठूलो छ, साधन श्रोत थोरै छ । यो बीचमा हामीले काम गरेको हुनाले यो अवस्था आएको हो । सधैं यस्तो अवस्था रहँदैन ।

जनताको आवश्यकता पूर्तितर्फ हामी निरन्तर लागिरहन्छौं । महिला दिदीबहिनीमा शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने हाम्रो महत्वपूर्ण लक्ष्य छ । सडक विस्तार गरेर गाउँको उत्पादन सहरसम्म पुगोस् भन्ने हाम्रा लक्ष्य भएको मन्त्री डा। महतले बताउनुभयो ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...