CG Electronics
IME Life
NIMB

कोशीको स्थायित्वको लागि कांग्रेस एमाले मिलेर सरकार बनाउनु पर्छ : राप्रपा अध्यक्ष लिङ्देन

NIMB
Himalayan Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामै नभएको दाबी गरेका छन् ।

शनिबार मोरङ पुगेका उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कोशी प्रदेशको स्थायित्वको लागि ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताए ।

उनले कोशीमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनैपनि छलफल नै नभएको दाबी गरेका छन् ।

उनले भने, ‘यो विषयमा अहिले कुनैपनि छलफल नै भएको छैन । हामीले त स्थायित्व चाहिएको हो भने सकेसम्म कांग्रेस र एमाले मिलेर सरकार बनाउनु भनेका छौ ।

हाम्रो त प्रदेश प्राथमिकताको विषय नै होइन ।’
कुनै पनि सरकार आफ्नो प्राथमिकतामा नभएको जिकिर गरेका उनले कोशीमा अब एमाले र कांग्रेस मिल्नै नसक्ने अवस्था आयो भने संविधानको रक्षार्थ आफ्नो मत दिने स्पस्ट पारेका छन् । तर,उनले कोशीमा एमाले र कांग्रेस मिलेरै प्रदेश सरकारलाई स्थायित्व दिनुपर्नेमा जोड दिए ।

‘अहिले हामी कुनै पक्षमा नलागिदिदा खेरी यहाँ प्रदेश सभा नै विघटन हुनसक्ने परिस्थिति बनेको अवस्था छ । तर,त्यो कुनबेला हो भन्दा कांग्रेस र एमाले मिलेन भने हो ।’ उनले भने ‘त्यो अवस्थामा मात्रै हामी कतै लागिदिए हुन्थ्यो भन्ने कुरा हो र सबैभन्दा पहिलो उपयुक्त कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरु मिलेर यो प्रदेश सभालाई जोगाए राम्रो हुन्थ्यो ।

त्यसको मौका अझै तीस दिन छ, अझै अर्को धारा बाँकी छ । मेरो शुभकामना छ कांग्रेस र एमाले मिलेर यहाँ सरकार बनोस ।’
त्यस्तै लिङ्देनले विनासर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको दोहोर्याएका छन्।

कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्ष –नेकपा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको नेतृत्व पाएको कुरामा कुनै लेनदेन नभएको उनको भनाई रहेको छ ।

‘खासगरी राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई संख्याको आधारले समितिमा प्रतिनिधित्व गराउने भन्ने कुरा प्रारम्भदेखि उठिराको थियो । बीचमा त्यो भत्किएको थियो । हामीले दावी गरेउ र अहिले सक्तामा बसेको दलहरु र प्रमुख प्रतिपक्षले स्वीकार गर्यो र हामीले आफ्नो सिट संख्या अनुसार एउटा समितिको नेतृत्व गर्ने मौका पाएका छौ । त्यसमा कुनै प्रकारको लेनदेन छैन ।’

 

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...