पारामाउन्ट मोटर्सको एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा उपलब्ध
Monday Sep 11, 2023
वि.सं.२०८० भदौ २५ सोमवार ०८:२२
भाद्र २३, काठमाडौं । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँँ नाम हुन् ।
लन्चमा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भन्नुभयो, “नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुन्छन् ।”

एमजि कमेट इभि भारतमा बनेको आकर्षक मुल्यको विद्युतीय गाडी हो जसले सिङ्गल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७.३ प्धज को ब्याट्रि र ३१.२६प्ध् को मोटर रहेको छ । एमजि कमेट इभिमा यात्रुहरुको सुरक्षाको लागि क्ष्एटठ रेटेड ब्याट्रि, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ् सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ । सुविधा र सहजताको लागि एमजि कमेट इभिमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरु रहेका छन ।
एमजि कमेट इभिको शुरुवाती मुल्य १७.९९ रहेको छ भने एमजि कमेट इभि प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ ।
त्यस्तै एमजिले कमेट इभिको हाइ भोल्टेज कम्पोनेन्टमा १,००,००० किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज ब्याट्रिमा १,२०,००० किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ ।
हेर्दा अत्यन्तै आकर्षक देखिने एमजि ४ इभि २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ । कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजि कम्फर्ट इभिको ब्याट्रि क्षमता ५१प्धज र ९९प्ध् को मोटर रहेको छ । त्यस्तै एमजि लक्जरी इभिको ब्याट्रि क्षमता ६४ प्धज र १५० प्ध् को मोटर रहेको छ । एमजि ४ इभिको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो जुन यही मुल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरुको सेग्मेन्टमा पहिलो फिचर हो ।

एमजि ४ इभिले सिङल चार्जमा ४३५ किलोमिटर सम्मको रेन्ज दिन सक्छ । राम्रो ह्यान्ड्लिङ र ट्रयाक्सनको लागि एमजि ४ इभिमा रियर व्हिल लेआउट राखिएको छ । त्यस्तै यात्रुहरुको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ्ग सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरु रहेका छन भने सुविधा र सहजताको लागि मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभिङ मोड आदि जस्ता फिचरहरु रहेका छन् ।
त्यस्तै एमजि ४ इभिको लागि हाइ भोल्टेज ब्याट्रिमा १,५०,००० किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ भन हाइ भोल्टेज कम्पोनेन्टमा १,००,००० किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ ।

त्यस्तै एमजि ४ कम्फर्ट इभिको शुरुवाती मुल्य ४१.४९ लाख रहेको छ भने एमजि लक्जरी इभिको शुरुवाती मुल्य ५८.९९ रहेको छ ।
एमजिका यी दुवै इभिमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचरहरु रहेका छन् । यी दुवैमा एमजिले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टि प्रदान गरेको छ ।
हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरूको संख्या ५० सम्म पु¥याउने लक्ष्य राखेको छ ।
आफ्ना सेवाग्राहीहरुको सहज यात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ ।

यी स्थानहरुमा आधा घण्टामै ८०% सम्म चार्ज गर्न सकिन्छ भने एमजिको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसनहरु स्थापना गरिने जानकारी दिएको छ ।
त्यस्तै काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरु रहेका छन् ।























