CG Electronics
IME Life
NIMB

भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो २०२३

NIMB
Himalayan Bank

 

काठमाडौं । नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
आज एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले शोको उद्घाट गरेका हुन् ।
शो भदौ ३१ गतेसम्म चल्ने छ । अटो शोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन् ।

अटो शोमा १ सय २० वटा स्टल रहने छन् । जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, ७ वटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस र पार्टस्ट लगायतका उपकरण राखिएका छन् ।


चारपांग्रेमा विद्युतीय गाडीको बाहुल्य रहेको अटो शोमा १५ अर्ब बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ ।

उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ।

यसैगरी, प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि. एवम् हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेका छन्।

 

नाडा अटो शोको १५औं संस्करण सुरु भएको छ। नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शो अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्‍घाटन गरेका छन्।

नाडा अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। नेपालकै सबैभन्दा ठूलो सवारी मेलाको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल हो। सह-प्रायोजकमा शिखर इन्स्योरेन्स छ। अटो शोलाई कोभिड पछिकै सबैभन्दा धेरै आर्थिक गतिविधि हुने थलोका रुपमा लिइएको छ।

 

प्रदर्शनीमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लक छन्। प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको अटो शोमा सहभागिता छ।

प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनी सहभागी छन्।

 

आयोजकले अटो शोमा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ। अटो शो त्यस्तो मेला हो जहाँ कुल बिक्री हुने गाडीको ६० प्रतिशतको कारोबार हुन्छ। देश आर्थिक मन्दीबाट गुज्रिरहेका बेला अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले समेत यो मेलालाई उतिकै चासोका साथ हेरेको छ।

अर्थमन्त्री महतले नेपालमै गाडी उत्पादन गर्ने वातावरण बनाउन सरकारले ध्यान दिने बताएका छन्। उनले विदेशबाट आयात गर्दा मूल्य महँगो भएको भन्दै निजी क्षेत्रलाई देशभित्रै उत्पादन गर्नका लागि सहयोग गर्न सरकार तयार रहेको बताएका हुन्। ‘नेपालमा अब डिलरभन्दा पनि गाडी उत्पादन गर्नतर्फ सरकारले ध्यान दिनेछ’, उनले भने।

निजी क्षेत्र अर्थिक रुपान्तरणको इन्जिन हो भन्दै अर्थमन्त्री महतले लगानी प्रवर्धनका लागि सरकारले सहयोग गर्ने आश्‍वासन दिए। उनले निजी क्षेत्रको माग अनुसार जग्गाको कित्ताकाट खुलाएको र यसले अटो व्यवसाय पनि बढाउने बताए।

‘निजी क्षेत्रका समस्यालाई सरकारले महत्त्व दिएको छ’, उनले भने। उनले वाह्य सूचकमा निकै सुधार भएकाले अब अर्थतन्त्र सकारात्मक हुने दाबी गर्दै निजी क्षेत्रलाई निर्धक्क भएर लगानी बढाउन आग्रह गरे। उनले इभीको आयात बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाको जस्तै खराब स्थिति हुन्छ भनेर आयातमा प्रतिबन्ध लगाउँदा राजस्व संकुचनमा परेको भन्दै मन्त्रालयहरुबीच समन्वय बढाउनुपर्नेमा जोड दिए।

‘श्रीलंकाको त्रास देखाएर ल्याइएका नीतिले अटो व्यवसाय समस्यामा पुग्यो। राजस्व खुम्चिनुको कारण अटो क्षेत्र हो’, उनले भने, ‘अत्याउने भन्दा पनि सरकारको नीति आर्थिक क्रियाकलाप बढाउनतिर केन्द्रित हुनुपर्छ।’

 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च ब्याजदरका कारण निजी क्षेत्रले लगानी बिस्तार गर्न नसकेको बताए। उनले निजी क्षेत्रको मनोबल बढाउन सरकारले कुनै कदम नचालेको आरोप लगाए। ‘लिलामीका सूचनाले पत्रपत्रिका भरिएका छन। यसले देशको अर्थतन्त्रलाई छर्लङ्ग हुन्छ’, उनले भने।

 


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्र मिलेर अगाडि बढे पनि नियामक निकायले सहयोग नगरेको आरोप लगाए। ‘रेगुलेटर बडिले व्यवसायीलाई दु:ख मात्र दिइरहेका छन्’, उनले भने। मल्लले अटो शोले बजारलाई भाइब्रेन्ट बनाएको बताए।

नाडा अटोमोबाइल एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले गाडीलाई विलासिताको वस्तुबाट हटाइ अति आवश्‍यक वस्तुमा वर्गीकरण गर्न अर्थमन्त्री महतसँग आग्रह गरे।

उनले इभीको कर स्थिर राख्‍न समेत सरकारको ध्यानाकर्षण गराए । ‘अस्थिर नीतिले इभीका लागि धेरै कठिन परिस्थिति सिर्जना भएको छ’, उनले भने। सवारी कर्जाको जोखिम भार ७५ प्रतिशत कायम गर्न पनि उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...