CG Electronics
IME Life
NIMB

उद्योग मन्त्रालयमा ५ सहसचिव हेरफेर २ जनाको पदस्थापन

NIMB
Himalayan Bank

 

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ जना सह सचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरेको छ ।

निजामती सेवा ऐन, २०४९ को दफा १५ बमोजिम २५ भदौ २०८० को मन्त्रीस्तरीय निर्णयानुसार ५ जना सह सचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरिएको हो ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागमा सह सचिव तिर्थ चिलुवाललाई पदस्थापन गरिएको छ । यस अघि चिलुवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत थिए ।

 

त्यसैगरी कम्पनी रजिष्टारको कार्यालयको रजिष्टारमा सह सचिव दिवस आचार्यलाई पदस्थापन गरिएको छ । यस अघि आचार्य राष्ट्रिय सुचना आयोगमा थिए ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयको आपूर्ती व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा सरुवा गरिएको छ ।

मन्त्रालयका सहसचिव यज्ञराज कोईरालालाई प्रशासन तथा संस्थान महाशाखा, सहसचिव लीला प्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा, सह सचिव गोविन्द बहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा, सहसचिव जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवद्र्धन महाशाखाको कामकाज तोकिएको छ ।

कोईराला औधोगिक तथा लगानी प्रवद्र्धन, शर्मा प्रशासन तथा संस्थान, कार्की बहुपक्षीय व्यापार तथा व्यापार सहायता तथा भुसाल योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा थिए ।

त्यसैगरी १९ जना उप सचिवहरुको समेत सरुवा तथा शाखागत जिम्मेवारी हेरफेर गरिएको छ

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...