भौतिक मन्त्रालयले ९ सहसचिवकाे सरूवा
Wednesday Sep 13, 2023
वि.सं.२०८० भदौ २७ बुधवार १६:४०
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक सिभिल समूह र हाइ-वे उपसमूहका ९ जना सहसचिव
९उपमहानिर्देशक–सुई०हरुको सरुवा गरेको छ । एक जनाको काज फिर्ता भएको हो भने ८ जनाको सरूवा भएको हो ।
यसैगरी मन्त्रालयले सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान शाक्यलाई सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरेको छ ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा पठाइएको छ ।























