CG Electronics
IME Life
NIMB

प्रधानमन्त्रीले ओडाए नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएका छन् । स्वीर्गीय नेम्वाङको अन्त्येष्टिका लागि आर्यघाटमा पुग्नुभएका उनले राष्ट्रिय झण्डा ओडार अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

नेम्वाङले नेपाली राजनीतिमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सरकारले उहाँलाई राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । बिहीबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा पु¥याइएको थियो ।

स्वर्गीय नेम्वाङको अन्त्येष्टिमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।

स्वर्गीय नेम्वाङको शव बालुवाटारबाट त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल, चोक–धुम्वाराही–चावहिल–गौशाला हुँदै पशुपति आर्यघाट लगिएको हो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...