CG Electronics
IME Life
NIMB

विदेशमा रहेका लाखौं युवाको भविष्यबारे नसोचे रुपान्तरण असम्भव : प्रधानमन्त्री

NIMB
Himalayan Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौं युवाहरुको भविष्यबारे नसोचे देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नहुने बताएका छन् ।

‘तेस्रो नेपाल युवा उद्यमशीलत ाशिखर सम्मेलन २०२३’ लाई शनिबार सम्बोधन गर्दै उनले देशका युवाको भविष्यबारे सोच्न आवश्यक भएको भन्दै उनीहरुको आत्मसम्मान, सुरक्षा कायम गर्न र देशभित्रै रोजगारी सिर्जना गर्न सरकार गम्भीरतापूर्वक लागेको बताए ।

उनले भने, ‘विदेशमा रहेका लाखौं युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव छैन । त्यसैले यसपटक के गरी उनीहरुको हितको रक्षा हुन सक्छ, के गरी उनीहरुको आत्मसम्मान र सुरक्षाकायम हुन सक्छ र कसरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यो दिशामा गम्भीरतापूर्वक लागिरहेको जानकारी गराउन चाहन्छु ।’

उनले विदेशमा रहेका युवाहरुलाई सम्बोधन गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने घोषणा गरेको भन्दै त्यसमा अहिलेसम्म झन्डै ३ लाख युवाहरु आवद्ध भइसकेको जानकारी दिए ।

उनले भने, ‘सरकारले सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण प्रयास अगाडि बढाएको छ । म प्रधानमन्त्री भएको केही समयमै विदेशमा रहेका युवाहरुलाई सम्बोधन गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने घोषणा गरिएको थियो । अहिलेसम्म झन्डै ३ लाख युवाहरु त्यो कोषमा आवद्ध भइसकेका छन् ।’

यस्तै, उनले नेपाली युवालाई भोलिका उत्तराधिकारी मात्रै होइन, वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको भन्दै युवालाई स्वदेशमा भविष्य देखाउनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, र उद्यामशीलतालाई प्राथमिकतामा राखिएको बताए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...