कर्मचारी छनौटमा आयोगले जनतामा विश्वास कायम गरेको छ : प्रदेश प्रमुख खापुङ्ग
Saturday Sep 16, 2023
वि.सं.२०८० भदौ ३० शनिवार १५:२०

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले, कर्मचारी छनौटमा प्रदेश लोकसेवा आयोगले जनतामा विश्वास कायम गरेको बताएका छन् ।
प्रदेश प्रमुख खापुङ्गले आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले आज आर्थिक वर्ष २०७९÷८०को चौथो वार्षिक प्रतिवेदन हस्तान्तरण समारोहमा उक्त विचार व्यक्त गरेका हुन् ।
उनले प्रदेशमा योग्य कर्मचारी छनौटमा सहयोग पु¥याउन प्रदेश सरकारसँग आवश्यक छलफल गर्ने जानकारी समेत दिएका छन् ।
उनले कर्मचारी भनेको स्थायी सरकार भएकोले यसको दह्रो जग बनाउन आयोगले महत्वपूर्ण भूमिका निभाएको पनि बताए ।
आयोगका अध्यक्ष भट्टराईले आयोगको कार्यालयमा आवश्यक सुरक्षा सुदृढ गर्न प्रहरीको विट राख्न आग्रह गरेका छन् ।
आयोगले गत वर्ष ४ सय ४० पदका लागि २ सय ८४ जना पुरुष र १ सय २५ महिला गरी ४ सय ९ जना उम्मेदवार नियुक्ति लागि सिफारिस गरेको छ ।






















