CG Electronics
IME Life
NIMB

मौलिक भान्छाघरले मौलिक उत्पादन तथा ४२ व्यञ्जन खानपिन मेला आयोजना गर्दे

NIMB
Himalayan Bank

मौलिक भान्छाघरले मौलिक उत्पादन तथा ४२ व्यञ्जन खानपिन मेला आयोजना गर्दे
मौलिक भान्छाघरले ४२ व्यञ्जन परिकारको दर खाने कार्यक्रम आयोजना गर्ने ।

मौलिक भान्छाघरले हरितालिका तीजको अवसरबाट सुभारम्भ गरी
१ वर्षसम्म (५२ हप्ते सप्ताहन्त) हरेक हप्ताको शुक्रबार र शनिबार
मौलिक उत्पादन र ८४ व्यञ्जन खानपिन मेला २०८० आयोजन ागर्दे

मौलिक बजार कपन जाउँ । मौलिक भान्छामा रमाऔं ।।
सात प्रदेशको परिकार खाऔं । ७५३ पालिकाको उत्पादन लैजाऔं ।।

वल्र्डमार्ट युनिक सोलुशन प्रा.लीद्धारा सञ्चालित अर्गानिक फार्म हाउस तथा मौलिक भान्छाघर र मौलिक बजारले हिन्दु नारीको महान चाड हरितालिका तीजको अवसरमा भदौ ३० र ३१ गते ४२ व्यञ्जन परिकारको दर खुवाउने र ४२ व्यञ्जन परिकार मेला निरन्तर आयोजना गर्ने भएको छ ।

आफ्नो जात धर्म अनुसार मनाइने मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले हरितालिका तीजको अवसरमा मौलिक भान्छाघरले ४२ व्यञ्जन परिकारको बुफे र थाली प्याकेजबाट –दर खाने साथै स्थानीय मौलिक उत्पादन र संस्कृतिको प्रवर्दन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

मौलिक भान्छाघरले तीजको दर खाने अवसरलाई लक्षित गरी विशेष छुट सहित चाहे जति मात्रामा ४२ व्यञ्जन खाने गरी स्टल बुफे थाली प्याकेज पनि ल्याएको छ । मौलिक भान्छाघरले ४२ परिकारको बुफे÷थाली प्रति व्यक्ति १९९९ को मात्र ९९९, बुफे प्रति जोडी २९९९ को १९९९, कम्बो बुफे ४ जना ३९९९ को २९९९ र कम्बो बुफे ५ जना भन्दा माथिको लागि प्रति थाली ९९९ को अब मात्र ७०० सयमा उपलब्ध गराएको छ । भदौ अन्तिम साता अर्थात हरितालिका तिजबाट सुरु गरेर यो प्याकेज १ वर्षसम्म हरेक हप्ताको शुक्रबार र शनिबार नियमति रुपले सञ्चालन गर्न लागेको छ ।

काठमाडौंको बुढानिलकण्ठ –१० कपन, आकाशेधारा नजिक गैह्रीगाउँमा वल्र्डमार्ट युनिक सोलुशन प्रा.लि ले अर्गानिक फार्मिङ, पशुपन्छी फार्म, फार्मस्टे सहितको नमुना परियोजना सञ्चालन गरिररहेको छ । परियोजनाको अबधारणा अनुसार एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग र ७५३ स्थानीय तहमै खरिद–बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहलय सञ्चालन गरिरहेको छ । साथै देशभित्रका मौलिक चाडपर्व,संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ७ प्रदेश,७ परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक–भान्छाघर र सांस्कृतिक हल समेत सञ्चालनमा ल्याएको छ ।

साथै मौलिक बजारले यही २०८० भदौको अन्तिम साताबाट सुरु गरेर (वर्षभरी ५२ साता) हरेक सप्ताहन्तको ९ध्भभपभलम० शुक्रबार र शनिबार मौलिक भान्छाघरमा विभिन्न ८४ व्यञ्जन परिकारका स्वाद पस्किने गरेको छ । देशभरि उत्पादन भएका स्थानीय मौलिक उत्पादन ७५३ पालिकाबाट संकलन गरी प्याकेजिङ, ब्रान्डिङ समेत गरी सुपथ मुल्यमा खरिद बिक्री व्यवस्थापन गर्दे आएको मौलिक बजारले अब प्रत्येक पालिका र कृषक हाटबजार सहभागीतामा उत्पादन मेला (स्टल) हाटबजारमा सहभागी हुनका लागी आव्हान गरेको छ ।

साथै ८४ व्यञ्जन मध्ये ४२ व्यञ्जनको थाली सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको छ । देशभर ७५३ पालिका मध्येबाट उपलब्ध संकलित उत्पादन भान्साघरमा पकाएर खाने÷खुवाउने र पालिकाले स्टल राखी खरिद तथा विक्री वितरण समेत गरिने सप्ताहन्त कार्यक्रमको मूल लक्ष्य हो । यस कार्यक्रमले ग्राणीण क्षेत्रका उत्पादनको बजारीकरण र विभिन्न जातजातीले मनाउने मौलिक चाडपर्व र परिकारहरुको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने हाम्रो अठोट हो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...