CG Electronics
IME Life
NIMB

यशोदा फुड्सद्घारा ब्राण्ड एम्ब्यासेडरको घोषणा, करेन्ट नुडल्सको ब्राण्ड एम्ब्यासेडर केकी अधिकारी

NIMB
Himalayan Bank

 

काठमाडौँ । लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यासेडरको घोषणा गरेको छ । यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागी ब्रान्ड एम्ब्यासेडर चयन गरेको छ । कम्पनीले नेपाली चलचित्र जगतकी चिरपरिचित अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यासेडर चयन गरीएको जानकारी दिएको छ । काठमाडौँमा एक भब्य कार्यक्रमको आयोजना गर्दै कम्पनीले सो कुराको जानकारी दिएको थियो ।

यशोदा फुड्सको अत्यधिक लोकप्रिय चाउचाउ करेन्ट नुडल्सको ब्रान्ड एम्ब्यासेडर घोषणाको लागी आयोजित कार्यक्रममा नायिका केकी अधिकारी लगायत कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यशोदा फुड्स प्रा.लीले सन् २०१७ मे महिना देखि आफ्नो ब्यवसायको थालनी गरेको थियो । सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्ड अन्र्तगत तयारी चाउचाउ उत्पादन गर्ने सोँचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो । हाल कम्पनीले बिभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका बिभिन्न मुलुकहरुमा निर्यात गर्दै आईरहेको छ ।

सुपर प्रिमीयम सेगमेन्ट अन्र्तगत कम्पनीले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट २× स्पाईसी, करेन्ट हट एण्ड लेमन स्पाईसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरीरहेको छ भने प्रिमीयम सेगमेन्ट अन्र्तगत करेन्ट, लाली, लगायतका चाउचाउहरु उत्पादनमा छन ।

त्यसै गरी प्रिमीयम स्न्याक्स सेगमेन्ट अन्र्तगत, करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाईसी स्टीक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एण्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखना लगायतका प्रिमीयम स्न्याक्सको उत्पादन गरी नेपाल लगायत विदेशमा समेत निर्यात गरीरहेको छ ।

गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाल लगायत विदेशका भारत, जापान, भुटान, दुवई, अस्ट्रेलिया, युरोप, युके, अमेरीका, क्यानेडा, मलेसिया, सिङ्गापुर लगायतका देशहरुमा निर्यात गरीरहेको यस कम्पनीले आफ्ना उत्पादन र ब्राण्ड प्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पती र ख्याती भएको कुरा समेत कम्पनीले जनाएको छ ।

हाल यस कम्पनीको उत्पादन करेन्ट हट एण्ड स्पाईसी नुडल्स नेपालमा सर्वाधिक रुचाईएको चाउचाउ अन्र्तगत पर्दछ भने नेपालको परिपेक्षमा यो चाउचाउ १ नम्बर स्थानमा पर्दछ । आजको दिनमा यस कम्पनीका चाउचाउ तथा स्न्याक्सप्रति दैनिक रुपमा आम उपभोक्ताको माग र विश्वास बढ्दै गएको छ ।

उपभोक्ताको माग अनुसारका उत्पादनहरु बजारमा पस्कदै छोटो समयमा नै अत्यधिक बजार हिस्सा ओगट्न सफल कम्पनीका रुपमा पनि यशोदा फुड्स परिचित छ ।

 

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...