CG Electronics
IME Life
NIMB

पत्रकार अरबिन्द्र गौतम नगद पुरस्कार सहित सम्मानित

NIMB
Himalayan Bank

काभ्रे । जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले कोशिपारी अनलाइन न्युजका संचालक अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक गौतमलाई डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार बनेपामा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले ‘पत्रकारिता सम्मान तथा पुरस्कार’ बाट सम्मानित गरे ।

नव क्षितिज साप्ताहिकको सह सम्पादक तथा पावर न्युजको संवाददाता समेत रहेका गौतमलाई जिल्ला सहकारी संघ काभ्रेले पाँच हजार नगद सहित दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेको छ । एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् । समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने उनले चेतावनीसेमत दिए।

मन्त्री महर्जनले सहकारी धराशायी भए नागरिकको बचत पनि धराशायी हुने भएकाले सहकारी र बचतकर्ताबीचको विश्वास पुर्नर्जिवित गर्नुपर्ने आवश्यकता औँल्याए। प्रदशेस्तरमा सहकारीको अनुगमन गर्ने छुट्टै समिति निर्माण गरिने उल्लेख गर्दै समस्याग्रस्त सहकारी घोषणाको तयारी भइरहेको उनी बताउँछन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...