CG Electronics
IME Life
NIMB

सुपर कृषक एपले बालीमा लागेको रोग, कीरा, लगायत मल र पानीको कमी बारे पत्ता लगाई कृषकलाई समाधान उपाय दिने

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । तपाइको बालीनालीलाई रोग किराले सताएको खण्डमा समाधानका लागि कहाँ धाउनु हुन्छ? एग्रो भेटहरूबाट पाउनु भएको परामर्श र विषादीहरू कति को प्रभावकारी हुन्छन्? के तपाइलाई विभिन्न कृषि कार्यहरू गर्नु पर्ने वास्तविक समयबारे जानकारी छ? के तपाईंले हरेक दिन सल्लाह र सुझावका लागि कृषि प्राविधिकलाई भेट्न सक्नुहुन्छ? के तपाइलाई आफ्नो जमिनको उर्वरा शक्ति र सिँचाइको अवस्था बारे भरपुर ज्ञान छ?

परम्परागत खेती प्रणालीले जरो गाडेको हाम्रो देशमा माथि उल्लिखित सुविधाहरू सहजै पाउनु सायदै सम्भव होला। तर यीनै समस्यालाई मध्यनजर गर्दै सुपर कृषक एपले विगत डेढ बर्षदेखि नवीनतम प्रविधिको माध्यमबाट साना किसान, व्यावसायिक कृषक, कृषिका विद्यार्थी, कृषि उद्दमी लगायत कृषि अनुसन्धान कर्ता र प्राविधिकहरू लाई कृषि कार्यमा सहजिकरण, समस्याको समाधान र ज्ञानको वृद्धि गर्ने उद्देश्य बोकेर देश भरमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

नेपाली भाषा प्रयोग भएकोले यस डिजिटल एपलाई किसानहरूले सजिलै सङ्ग प्रयोग गर्न सक्छन् । घाम पावर नेपालले विकास गरिरहेको यो एपले आज सम्म १०,००० भन्दा बढि कृषि सरोकारवालाहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ र विभिन्न नयाँ सुविधाको आगमन संगै सेवा प्रवाहको दायरा फराकिलो बनाउँदै गइरहेको छ। त्यसै गरि सुपर कृषक एपले भर्खरै मात्र ल्याएको, आफ्नो नाम जस्तै सुपर सुविधाहरु हुन् “कृषि चिना” र “कृषि डाक्टर”। यो लगायत एपमा अरु थुप्रै सुविधाहरु ल्याएको छ । यो लगायत सुपर कृषक एप प्रयोगकर्ताले विविध उपयोगी सेवा पनि एप मार्फत लिन सक्नुहुन्छ ।

 

सुपर कृषक एपमा भएका सुविधाको बृस्तृत जानकारी :

1. Krishi Doctor (कृषि डाक्टर): सुपर कृषक एपमा AI मा आधारित यस सुविधाले ५० भन्दा बढी बालीहरूको ७०० भन्दा बढी रोग कीरा साथै खाद्य तत्वको कमीको पहिँचान गरी किसानलाई परामर्श दिन्छ।

2. Krishi China (कृषि चिना): खेतबारीमा रहेको बालीको भू-उपग्रह बाट फोटो खिची, सो ठाउँमा हाल्नु पर्ने मल र पानीको मात्राको सगसगै बाली स्वास्थ्य र व्यवस्थापन विधिको समेत परामर्श पाउन सकिन्छ ।

3. Jachaun (जाचौँ): देश भरीको बिभिन्न स्थानमा रहेको खेतबारीको माटो परीक्षण गरि माटोमा पाइने ११ विविध तत्वको अवस्था र रोप्न उपयुक्त हुने बाली र मल चयन गर्नको लागि सुझाव पनि पाउन सकिन्छ ।

4. Measurement (नापौँ): जग्गा नाप्दा प्रयोग हुने बिभिन्न इकाईहरु एक आपसमा परिवर्तन गरी मल लगायत कुन बाली कति घनत्वमा रोप्ने भन्ने सम्बन्धि विविध जानकारी किसानले यो सेवा चलाएर पाउन सकिन्छ ।

5. Agri quiz (खेलौँ): हरेक दिन कृषि विषेश सामान्य ज्ञानका प्रश्नहरू राखि प्रथम हुने प्रतियोगीलाई हरेक हप्ता पुरस्कार समेत प्राप्त गर्न सकिन्छ ।

6. ChatBot: अनलाइनको साथी जसले हरेक दिनको मौसम, कृषि उपजको बजार मूल्य, बालीहरूको खेती प्रविधि र विभिन्न सरकारी सूचनाहरूको बारेमा किसानलाई जानकारी प्रदान गर्दछ ।

7. Virtual Training (सिकौं): अनलाइन माध्यमबाट आधिकारिक व्यक्तिद्वारा करिब ५० भन्दा बढि कृषि सम्बन्धित विषयहरू (जस्तै नवीनतम कृषि प्रविधि, रोग किरा नियन्त्रण, जैविक खेती आदि) को बारेमा तालिम लिएर र सोही तालिमको प्रमाणपत्र पनि प्राप्त गर्न सकिन्छ।

8. Agri-Media (पढौँ): करिब १००० भन्दा बढि कृषि सम्बन्धित पढ्ने, सुन्ने र हेर्ने समय सापेक्षिक सामाग्रीहरू रहेका छन् जसको माध्यम बाट क्रिसानहरु सुचनाको पहुँचमा जोडिन सक्नुहुन्छ।
9. Farmers’ Community (कृषि संजाल): यस मार्फत एप प्रयोगकर्ताहरूले आफ्नो कृषिमा आइपरेका समस्या फोटोको माध्यम बाट पोस्ट गरि दक्ष तथा अनुभवी व्यक्तिहरूबाट सरसल्लाह सुझाव लिन सक्नुहुन्छ तथा प्राविधिक संग दोहोरो वार्तालाप पनि गर्न सक्नुहुन्छ साथै आफ्नो ठाउँको कृषि परिवेश बारे अरु किसान साथीहरुलाई जानकारी पनि दिन सक्नुहुन्छ ।

किसानको दैनिकी संग जोडिन डिजिटल माध्यमबाट समाधान गर्न सकिने कृषि पद्दतिका केहिँ अंशहरु सुपर कृषक एपले निरन्तर बिकास गर्दै अझ सहज बनाउने कार्यमा सहजीकरण गर्नेछ। यो एपमा हाल सम्म उपलब्ध सबै सेवा सुविधा किसानले निशुल्क उपयोग गर्न सक्नुहुन्छ ।

 

 

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...