CG Electronics
IME Life
NIMB

राज्यको गलत नीतिकै कारण महंगी बढेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको आरोप

NIMB
Himalayan Bank

 

काठमाडौं । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले, राज्यले लिएको गलत नीतिकै कारण महंगी बढेको आरोप लगाएका छन् ।

आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ताको हितको सबाल’ विषयक बिचार गोष्ठिमा उनले राज्यले लिएको गलत नीतिकै कारण अर्थतन्त्र धरासाही बनेको आरोप लगाए ।

राज्यले लिएको गलत नीतिकै कारण व्यवसायी, आम जनता र राज्य नै पीडामा परेको उनको तर्क छ ।
‘कोभिड पश्चात रुस युक्रेन युद्ध भयो त्यसले गर्दा हाम्रो बाह्य क्षेत्रमा समस्या भयो । त्यो समस्यालाई सम्बोधन गर्नलाई राज्यले अलि कडा नीतिहरु लियो र त्यहि नीतिले गर्दाखेरी आजको परिस्थिति आयो ।

त्यसबेला महासंघको तर्फबाट बारम्बार यत्तिको कडा नीति लिनु हुँदैन, कन्ट्रोलिङ गर्ने किसिमले जानु हुँदैन भनेर हामीले कुरा राखेका थियौ । त्यो कुरा सुनिएन र अहिलेको परिस्थिति आयो । अहिले सबै पीडामा छन्। व्यवसायी,जनमानस मात्र होइन राज्य नै पीडामा छ अहिले ।’

राज्यको राजस्व घटेको, सरकारी कर्मचारीलाई तलब खुवाउन नसकेको र ऋण लिएर राज्य चलाउनु पर्ने अवस्था आउनुमा राज्यको लिएको गलत नीति जिम्मेवार भएको उनको ठोकुवा छ ।

त्यस्तै उनले उत्पादकत्व बढाउन जोड दिदै उपभोक्तालाई सुलव मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन सरकारले चनाखो हुनुपर्ने बताए । साथै उपभोक्तालाई मार नपर्ने गरी करको दर घटाउनुपर्ने धारणा उनको छ ।

 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड BAIC अब Laxmi Group मार्फत नेपालमा औपचारिक रूपमा सार्वजनिक हुँदै

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड...

वि.सं.२०८३ असार ३० मंगलवार ०९:३०

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा विश्वव्यापी रूपमा...