CG Electronics
IME Life
NIMB

सोलुखुम्बु जिल्लाको नाम्चेमा नबिल बैंकको शाखा उद्घाटन

NIMB
Himalayan Bank

 

सोलुखुम्बु । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल तथा प्रमुख अतिथी पूर्व वडा अध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितीमा शाखा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय नबिल बैंकको रहेको बताए ।

‘नबिल बैंकले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रो लागि खुसीको क्षण हो,’ उनले भने ।

प्रमुख अतिथी शेर्पाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए ।

नबिल बैंकका सिईओ ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ,’ ढुंगानाले भने ।

उद्घाटन समारोहमा वडा सदस्य न्वाङ शेर्पा, सिमा प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवा, प्रहरी निरीक्षक कविन राई लगायत स्थानीय प्रतिनिधिका साथै नबिल बैंकका उच्च अधिकारीहरूको उपस्थिती रहेको थियो ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकको देशभर २६५ शाखा सञ्जालसहित ३०६ एटिएम मेसिनबाट सेवा दिएको छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ।

 

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...