CG Electronics
IME Life
NIMB

‘स्पार्क एड्भेन्चर’अन्तर्गत शैलुङको पर्यटन प्रवर्द्धन गर्न करिब २०० जना जाँदै 

NIMB
Himalayan Bank
काठमाडौँ । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क कारले `स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा २०० जनाले सहभागिता जनाउने भएका छन् ।
कार्यक्रममा लोकप्रिय कलाकार प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी, ब्यवसायी र सर्वसाधारणको सहभागीता रहने छ ।
प्रचुर पर्यटकीय संभावना रहेर पनि चल्तीको गन्तव्य नभएकोले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
कार्यक्रम संयोजक अमर दीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा क्याप्टेन बिजय लामा,  निखिल उप्रेती, सन्दीप क्षेत्री लोक गायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, गायक यश कुमार, लेखक बुद्धिशागर, डा रन्जित बराल, कमेडियन कैलाश कार्की, मोडल रीना थापा मगर, ट्राभलर सिर्जना सिज्जु समेतको सहभागिता रहने छ ।
विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रम अनुसार असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरू हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको भनाइ छ ।
कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले सहभागिता जनाउन सक्ने छन् ।
साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।
गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो ।
लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...