CG Electronics
IME Life
NIMB

दोलखाको विगुबाट चार किलो सुन सहित तीन जना पक्राउ

NIMB
Himalayan Bank

 

रामेछाप । दोलखा प्रहरीले चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार साँझ ७ः२० बजेतिर दोलखाको विगु गाउँपालिका–३ जामुने स्थित सिता तामाङको घरमा लुकाइ राखेको सुन जस्तो देखिने अन्दाजी चार किलो पहेँलो धातु सहित चार जनालाई पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ ।

सो घरमा सुन लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा खटिएको प्रहरीले खान तलासी गर्दा सुन जस्तो देखिने पहेँलो धातु चार थान चार केजी बरामद गरेको प्रहरीले जनाएको छ ।

सो धातु ओसार पसारमा संलग्न शंकास्पद व्यक्ति विगु गाउँपालिका–३ का १८ वर्षीय पेम्बा तामाङ, २८ वर्षीय केशर तामाङ र विगु– १ का २० को माधव मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय दोलखबाट प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमाण्डमा टोली खटिएर अनुसन्धान गरिरहेको छ ।

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...