CG Electronics
IME Life
NIMB

‘विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भए आर्थिक चहलपहल बढ्छ’

NIMB
Himalayan Bank

 

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण भए प्रदेशको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।

विराटनगरमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थल बन्न सके पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित हुने बताए ।

नेपाल पर्यटन फेडरेसनका अध्यक्ष रेवतबहादुर थापाले समग्र प्रदेशको उन्नतिका लागि प्रदेश राजधानी विराटनगरमा अन्तराष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताए ।

अन्तराष्ट्रिय विमानस्थल भए विदेशी पर्यटकको आगमन बढ्ने र त्यसले प्रदेशमा आर्थिक गतिविधि पनि वृद्धि हुने भन्दै थापाले पर्यटकीय क्षेत्रका बासिन्दा र पर्यटन व्यवसायी पनि लाभान्वित हुने बताए ।

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयषराज प्याकुरेलले विराटनगर विमानस्थलको धावनमार्ग विस्तारसँगै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहल गरिएको बताए ।

सकेसम्म बढी पर्यटक, उद्योगी व्यवयासीलाई प्रदेशमा भित्राउन सक्दा समग्र प्रदेशको आर्थिक चलायमान हुने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय विमानस्थल हुँदा भारत, भुटान, भियतनाम, म्यानमार, बंगलादेश, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया, लाओस्, चीनको ग्वाङझाउ लगायतका स्थानको यात्रा नजिक सहज हुने सहभागीले बताएका थिए ।

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...