ntc.net.np
Ncell NPL
NIMB

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो ।

दिक्षीत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले दिक्षीत गर्नुभएको हो । कार्यक्रममा बोल्दै कार्यवाहक महालेखा परीक्षक काफ्लेले यस दिक्षान्त समारोहमा दिक्षीत भएका विद्याथीहरुलाई बधाई दिनुभयो ।

उहाँले दिक्षीत विद्यार्थीहरुको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाल थप दक्षता हासिल गरेको बताउनु भयो । उहाँले भन्नुभयो,’तपाईहरु प्रोफेसनल अडिटर भइसक्नु भयो।’

उहाँले एकाउन्ट राम्रो नहुँदा पनि व्यवासय धरासायी हुने भएकोले अब तपाईहरुले व्यवासयलाई उकास्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दिक्षीत विद्यार्थीहरुलाई कुनै बेला सहयोग गर्न आफू तत्पर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अडिड गर्ने काम सबैभन्दा कठिन काम हुँदा पनि तपाईहरु लाग्नुभएको छ, यो खुसीको कुरा हो।

उहाँले आईसीएमए अस्ट्रेलियासँग सम्बन्धन राखेर हासिल गरेको ज्ञानले नेपाल लाभान्वित हुने जानकारी दिनुभयो । उहाँले राज्यले पनि प्रोफेसनल अडिटर उत्पादनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै दिक्षीत विद्याथीहरुलाई बधाई दिँदै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष सि.ए. सुजन कुमार काफ्ले यो कोर्ष कस्ट एनालाइसिस गर्न भूमिका खेल्न सहयोग बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो कोर्षका कारण लेखा तथा व्यवस्थापन क्षेत्रमा तपाईहरु नयाँ स्टक होल्डरको रुपमा उदाउनु भएको छ।’

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाली दाजुभाइलाई थप दक्ष बनाउन आईसीएमए अस्ट्रेलियालाई महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा नेपालका लागि आईसीएमए अस्ट्रेलियाका क्षेत्रिय निर्देशक कुमार प्रसाद खतिवडाले विश्वव्यापी रुपमा अभ्यास भइरहेको लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन नेपालमा समेत भित्र्याउन सक्नु निकै गौरवको कुरा भएको बताउनु भयो ।

उहाँले दिक्षान्तरत विद्यार्थीहरुलाई लेखा तथा व्यवस्थापनको क्षेत्रमा विशिष्टता हासिल गरि सकेको भन्दै छोटो अवधिमा यस कोर्षको महत्व बुझि धेरै विद्यार्थी जोडिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले भर्खरै सुरु गरेकाे कोर्षमा प्राप्त आर्कषण प्रति कृतज्ञता ब्यक्त गर्दछु । हामीले नेपालका सबै क्षेत्रमा यस कोर्षको बारेमा जानकारी गराउन सकेका छैनम् । आउँदा दिनहरुमा यहाँहरुको सबैको सहयोगमा संभावित ब्यक्ति तथा ब्यावसायिक प्रतिष्ठानहरुमा कार्यरत लेखाका प्रमुखहरुलाई यस कोर्षमा जोड्ने कोशिस रहने छ।’

उहाँले नेपालमै आईसीएमए अस्ट्रेलियाद्वारा सञ्चालित सीएमए कोर्ष अध्ययन अध्यापन हुँदा बौद्धिक दक्ष जनशक्ति उत्पादनले विदेश अध्ययनको लागि जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अस्ट्रेलियाबाट भर्चुवल रुपमा विदेशी वक्ताहरुले समेत सीएमएको बारेमा धारणा राखेका थिए।

त्यस्तै दिक्षीत भएकी विद्यार्थी प्रमिला थापाले आईसीएमए अस्ट्रेलियाले लेखा तथा व्यवस्थापन क्षेत्रमा हामीलाई थप दक्ष बनाउन सहयाेग गरेकाे धन्यवाद दिनुभयो ।

दिक्षान्त समारोह अघि सम्पन्न भएको दुई दिने कार्यशाला गोष्ठीमा नेपालमा सीएमए शिक्षाको प्रभावकारिता र महत्वको बारेमा छलफल गरिएको थियो ।

कार्यशाला गोष्ठीमा पूर्व अर्थसचिव रामेश्वर खनाल तथा भारतबाट आएका आईसीएमए विज्ञहरुले सीएमए शिक्षाको अवस्था, आवश्यकता, प्रभावकारिता र महत्व लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

के हो सीएमए कोर्ष ?
विश्वव्यापी रुपमा अभ्यास गरिने लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन हो । यसलाई विश्वमा शैक्षिक क्षेत्रमा उच्च उपाधिका रुपमा लिइन्छ । सीएमए अध्ययनको लागि व्यवस्थापन तथा वाणिज्य संकायमा स्नाकोत्तर उतीर्ण गरी कम्तीमा ५ वर्षको व्यवसायिक अनुभव आवश्यक पर्छ । यस कोर्षको अवधि तीन वर्षको हुन्छ ।

नेपालमा सीएमए अस्ट्रेलियाको अध्ययन अध्यापन सुरु भएको ५ वर्ष पुगेको छ । ५ वर्षको समयमा सीएमए प्रोग्रामले म्यानेजमेन्ट एकाउन्ट मात्र तयार गरेको छैन, यसले नेपालमा लेखा विज्ञहरुको लागि नयाँ ढोका पनि खोलिदिएको छ । अब नेपाली व्यवसायिक जगतमा फाइनन्सीयल एकाउन्टेन्टस मात्र होइन म्यानेजमेन्ट एण्ड कस्ट एकाउन्टेन्ट पनि त्यतिकै अपरिहार्य छ, भन्ने कुरा यो प्रोग्रामको लोकप्रियताबाट स्पष्ट भइसकेको छ ।

विश्वमा सीएमएका थुप्रै प्रोग्रामहरु लागू भएका छन । खास गरी अमेरिका, बेलायत र अस्टे्रलियाको सीएमए प्रोग्रामहरु विश्व बजारमा चिनिएका प्रोग्रामहरु छन् । कुनै इन्स्च्यिुटले कस्ट एण्ड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन, कसैले सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन् । नेपालमा चलिरहेको रहेको प्रोग्राम भनेको चाहिँ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टको प्रोग्राम हो । यो इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्स (आईसीएमए) अस्ट्रेलियाले नेपालमा संचालन गरेको कार्यक्रम हो ।

सरकारी विज्ञापनमा ‘एकाधिकार’ नीति : सरकारी मिडिया सशक्त कि निजी क्षेत्र कमजोर ?

सरकारी विज्ञापनमा ‘एकाधिकार’ नीति : सरकारी मिडिया...

वि.सं.२०८२ चैत २१ शनिवार २१:२४

  काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी...

आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्ले

आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा...

वि.सं.२०८२ चैत २१ शनिवार ००:३२

  रौतहट । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको...

आर्थिक कूटनीतिमा सन्तुलन ल्याउनुपर्ने विज्ञहरुको जोड

आर्थिक कूटनीतिमा सन्तुलन ल्याउनुपर्ने विज्ञहरुको जोड

वि.सं.२०८२ चैत २१ शनिवार ००:२४

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीले नेपालले ‘ब्रिज स्टेट’...

पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचारबारे अन्तरक्रिया सम्पन्न

पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचारबारे अन्तरक्रिया सम्पन्न

वि.सं.२०८२ चैत २० शुक्रवार २३:३०

  काठमाडौं । ‘पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचार’ विषयमा केन्द्रित...

महिला उद्यमी मेला सरु : स्थानीय उत्पादनदेखि अन्तरराष्ट्रिय बजारसम्मको पहुँच

महिला उद्यमी मेला सरु : स्थानीय उत्पादनदेखि...

वि.सं.२०८२ चैत २० शुक्रवार २३:२२

  काठमाडौं । नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबार...

विद्युत् नीतिमाथि आन्तरिक छलफल शुरू, परामर्शमा मन्त्री श्रेष्ठ

विद्युत् नीतिमाथि आन्तरिक छलफल शुरू, परामर्शमा मन्त्री...

वि.सं.२०८२ चैत २० शुक्रवार १८:१४

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...