CG Electronics
IME Life
NIMB

सिट्रोनको शोरुम अब पोखरा र चितवनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले पोखरा र चितवनमा नयाँ शोरुम विस्तार गरेको छ ।

 

पोखराको नयाँबजारमा खोलिएको नयाँ शोरुम एसएसएल मोटर्स कम्पनी प्रा.लि. रहेको छ भने चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँ शोरुम ओजोन मोटर्स कम्पनी रहेको छ । यीे नयाँ शोरुमहरुमा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडल बिक्रीका लागी रहेका छन् ।

यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख श्री डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रा. लि. का असिस्टेन्ट जनरल म्यानेजर श्री किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच पोखरामा शोरुमको उद्घाटन गर्नु भयो ।

त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रा. लि. का असिस्टेन्ट जनरल म्यानेजर श्री किरण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच चितवनमा शोरुमको उद्घाटन गर्नुभयो ।

सन् १९१९ मा आन्द्रे गुस्तावेद्वारा स्थापित फ्रान्सेली सवारी साधनको अग्रगामी सिट्रोनले इनोभेशन र साहसलाई परिभाषित गर्दछ। पहुँचयोग्य इनोभेशन गरिरहने आफ्नो प्रतिबद्धताका लागि परिचित सिट्रोन कम्पनि सन् १९१९ मा टाईप ए १० एचपी ।

 

बाट सुरु भई सन् १९२७ सम्म वार्षिक ५०,००० भन्दा बढी सवारी साधनहरू उत्पादन गर्दै विश्वको चौथो–ठूला सवारी उत्पादक बनेको थियो। फ्रान्सेली संस्कृति र सवारी साधनको इतिहास, दुवैमा दृढतापूर्वक जरा गाडेर एक शताब्दी भन्दा बढी सम्पदा र ३०० प्रतिष्ठित मोडेलहरूको साथ, सिट्रोन इनोभेशन र कनेक्शनको प्रतीक बनेको छ।

सिट्रोन ईसिथ्रिमा २९.२ केडबल्युएच ब्याट्री छ, ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कको साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ।

 

यसको अद्वितीय विद्युतीय पावरट्रेनले सरल एक्सिलरेशन र रमाईलो ड्राइभिङको अविश्मरणिय अनुभव सुनिश्चित गर्दछ। एरोडाईनामिक्स मार्फत शैली र दक्षता दुवैमा थप सुधार ल्याउँदै भविष्यात्मक सुन्दरताले चिनिने सिट्रोनको डिजाइनले इनोभेशन र एस्थेटिक्सप्रति यस ब्राण्डको प्रतिबद्धतालाई प्रदर्शन गर्दछ।

 

सिट्रोन ईसिथ्रिको एमिशन–फ्री सञ्चालनले वातावरण राख्नमामा योगदान पु¥याउँछ, जसले ग्राहकहरूलाई प्रदर्शनमा कुनै सम्झौता नगरी इको–फ्रेन्ड्ली मोबिलिटीलाई अँगाल्न मद्दत गर्दछ।

मूल्यको सन्दर्भमा, लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फील भेरियन्टको मूल्य ३४.९९ लाख छ, जसले गर्दा सिट्रोन भारतमा बनेको कम्प्याक्ट यसयूभी सेग्मेंटमा सबैभन्दा कम मूल्यको ईभि बनेको छ।
यस सिट्रोन ईभिको ब्याट्रीको आयु डीसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ।

कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ ।

उपभोक्ताहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै सिट्रोनले आफ्नो आइस (इन्टरनल कम्बस्चन इन्जिन) मोडेल पनि उपलब्ध गराएको छ। फिल विथ भाइब प्याकेजसहित ३६.४९ लाखमा पाईने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको छ।

यो नयाँ रिलिजले नेपाली ग्राहकहरूको प्राथमिकताहरू पूरा गर्न र कार बजारमा उत्कृष्ट मूल्य प्रदान गर्न सिट्रोन समर्पित छ भन्ने कुरा स्पष्ट बनाउँछ।

सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क कम्प्रीहेन्सिब इन्सुरेन्स लगायतका असाधारण लाभहरूको आनन्द लिन सक्नेछन्।

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...