CG Electronics
IME Life
NIMB

कंग्रेसले युक्रेन सहयाता रोके पनि अमेरिका साथमा रहन्छ : राष्ट्रपति बाइडेन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने प्रस्ताव अमेरिकी कंग्रेसबाट अस्वीकृत भएको अवस्थामा पनि अमेरिकाले युक्रेनको साथ नछाड्ने बताएका छन् ।

अमेरिकी कंग्रेसमा रिपब्लिकनहरूले ६० अर्ब डलरको सैन्य सहायता रोक्न खोजे पनि बाइडेन युक्रेनको साथमा देखिएका हुन् । मंगलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा बाइडेनले युक्रेनको साथ दिने बताए ।

‘युक्रेनले रुसी आक्रमण विरुद्ध आफ्नो रक्षा गरिरहेको छ । र कुनै पनि सार्वभौम देशलाई त्यसो गर्ने अधिकार छ । कुनै पनि देशको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण रहनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

यदि अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको छ भने त्यसको पछाडिको एउटै कारण हो कि संसारको कुनै पनि देशले अरु कुनै देशलाई कब्जा गर्ने प्रयास गर्नु हुँदैन,’ बाइडेनले भनेका छन् ।

उनले रुसको अत्याचारको विश्व जगत नै साक्षी रहेकाले यसलाई जसरी पनि परास्त गर्ने उल्लेख गरे ।

भेटमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि रुसविरुद्धको लडाइमा आफूहरुको जित हुने धारणा राखे ।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्दा युद्ध अधिकतम एक हप्तासम्म चल्ने दाबी गरिएको थियो । तर, युद्ध आजसम्म जारी छ । जहाँ पुटिनले रुसी आक्रमणलाई औचित्य पुष्टि गर्नका लागि सबै हर्कत गरिरहेका छन् भन्े युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसलाई सार्वभौम राष्ट्रमाथिको आक्रमण भन्दै आएका छन् ।

दुई देशबीचको युद्ध भएको २१ महिना बितिसकेको छ । रुस युक्रेन युद्धलाई लिएर अहिले खास गरेर ३ वटा प्रश्नहरुको चर्चा हुने गरेको छ । पहिलो शक्तिशाली रुसले युद्धलाई आफ्नो पक्षमा मोड्न नसकेको हो ? दोस्रो यो युद्धमा युक्रेन कसरी रहन्छ ? तेस्रो अमेरिका के चाहन्छ ? यी तीनवटै प्रश्नको उत्तर एकअर्कासँग सम्बन्धित छ ।

यी सबैको बीचमा अमेरिकाले युक्रेनी सहायतालाई यदि कंग्रेसले प्रस्ताव अस्वीकार गर्छ भने यो पुटिनका लागि क्रिसमस उपहार नै हुनेछ ।

 

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...