प्रभु महालक्ष्मी लाइफको लक इनमा रहेको शेयर खुला हुँदै
Wednesday Dec 13, 2023
वि.सं.२०८० मंसिर २७ बुधवार ०९:२८
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लक इनमा रहेको शेयर खुला हुने भएको छ । कम्पनीको लक इनमा रहेको शेयर पुस ९ गते सोमबारदेखि खुला हुने भएको हो ।
उक्त कम्पनीको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक शेयर र २ लाख ५५ हजार ३६ कित्ताको लक इनको समय समाप्त हुने भएपछि शेयर खुला हुने भएको हो ।






















