CG Electronics
IME Life
NIMB

बाराही जंगल लज ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्डबाट सम्मानित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

चितवनको बाराही जंगल लज २०२३ को ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्डबाट सम्मानित भएको छ ।
बाराही हस्पिटालिटीको लगानीमा चितवनमा रहेको बाराही जंगल लजलाई टफ्ट टाइगर वाइल्ड लाइफ अवार्ड अन्तर्गत सो अवार्ड प्रदान गरिएको हो ।

टफ्ट टाइगरका संस्थापक जुलियन म्याथ्युज र विशाल सिंहले लजका जनरल म्यानेजर प्रकाश चन्दलाई सो अवार्ड प्रदान गरेका हुन् ।

जोन वेकफिल्ड मेमोरियल अवार्ड सन् २०२३ मा ‘मस्ट इन्स्पिरेसनल इको लज’को रुपमा रहेको चितवनको बाराही जंगल लजलाई प्रदान गरिएको सम्मानपत्रमा जानकारी दिइएको छ ।

टफ्ट टाइगर अवार्ड भारतमा सन् २०१० मा स्थापना गरिएको अवार्ड कार्यक्रम हो । पर्यटन क्षेत्रको दीगो विकासमा उल्लेखनीय योगदान पुर्‍याएबापत हरेक वर्ष यो अवार्ड विभिन्न मुलुकका पर्यटकीय क्षेत्रमा योगदान पुर्‍याउने कम्पनीलाई दिइन्छ । जसअन्तर्गत नेपालको बाराही जंगल लजले यो अवार्ड हात पारेको हो ।

बाराही जंगल लज ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लज पनि हो । यस लज २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको (आउटस्ट्याण्डिङ प्राक्टिस) बिधा अन्तर्गत सर्टिफाइड हुँदै आएको छ । हालै ‘आइएसओ-१४००१’ बाट पनि अन्तर्राष्ट्रिय स्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् (इएमएस) सहितको लजको रुपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ।

चितवन मेघौलीमा रापती नदि किनारमा रहेको बाराही जंगल लज जंगल थीममा बनाइएको छ । १२ हेक्टर भूभागमा विस्तार भएको यस लजमा बसेर आनन्दले राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्ती लगायतका पशुपन्छी रमाएको दृश्यावलोकन गर्न सकिन्छ । सन् २०१२ देखि सञ्चालनमा आएको यस रिसोर्ट वातावरणीय दृष्टिकोणले पनि निकै नै मनमोहक छ । यहाँ पुग्ने जोकोहीलाई त्यहाँको दृश्य तथा बोटविरुवाको छहरीले ताजा बनाइदिन्छ ।

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...