CG Electronics
IME Life
NIMB

रैथाने बाली उत्पादनमा जोड दिऔं : अर्थमन्त्री डा. महत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गर्नुभयो । प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, रैथाने बालीको बजार र माग पर्याप्त छ । थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइन्छ । अब हामीले यतातिर ध्यान दिनुपर्छ ।’

उद्घाटन कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘रासायनिक मल, किटनाशक औषधिले रोगब्यादी बढ्यो । नयाँ नयाँ रोग देखाप¥यो, यी सबै हाम्रो खानपान र जीवनशैलीले गर्दा हो । हाम्रो जीवनशैली सुहाउँदो उत्पादनलाई प्रवद्र्धन गर्न उन्मुख हुन आग्रह गर्दछु ।’

महोत्सवमार्फत् नुवाकोटको कला संस्कृति, सभ्यता, खेलकुद उत्पादन र विविध विशेषता झल्कने बताउँदै महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पाउने मन्त्री डा. महतले बताउनुभयो ।

मन्त्री डा. महतले भन्नुभयो, ‘देशको सांस्कृतिक र भौगोलिक, जलवायु, वनस्पति, चराचुरुङ्गी, जातजाति, भाषा र भेषभुषाको विविधता नेपालको गौरव हो । यो विविधताको संरक्षण हुनुपर्छ । जति धेरै विविधता छ, त्यत्ति धेरै हामी समृद्ध हुँदै जान्छौं ।’

हरेक जातिको पहिरन, खानपान, रहनसहन, लवाइखवाइ र हजारौं वर्षदेखि विकसित जीवनशैली संरक्षण हुनुपर्छ । हामीले मौलिकता छोड्दा नेपालको पहिचान गुम्ने डर भयो । अहिले पुनजागरण देशमै आइरहेको छ । हाम्रो धर्म संस्कृति र जीवनशैलीमा धेरै ठूलो शक्ति रहेको मन्त्री डा. महतको भनाइ थियो ।

‘हाम्रो रैथाने बाली धेरै महत्वपूर्ण छ । पहिला रैथाने बाली उत्पादन हुन्थ्यो, पछिल्लो समय धेरै उत्पादन गर्ने नाममा रैथाने बाली लगाउन छाड्यौं’ उहाँले भन्नुभयो, ‘पेट भर्नलाई अहिले हामीलाई धेरै उत्पादन चाहियो । रैथाने उत्पादन थोरै हुन्छ, बजार पनि यथेष्ट थिएन ।’

‘नेपालमा अहिले हुनेखाने समूह जन्मियो । विदेशमा पनि यसको माग बढ्यो । थोरै उत्पादन भए पनि प्रतिफल धेरै पाउन थालियो । आधुनिक खेतीको एक मन बेच्नुस् जति आउँछ, रैथाने अथवा आर्गनिक बाली बिक्री गरियो भने दोब्बरभन्दा बढी आम्दानी हुन्छ’ मन्त्री डा. महतले भन्नुभयो ।

नुवाकोटमा उत्पादन हुने फलफुल र तरकारी एक डेढ घन्टामा हामी काठमाडौंको बजारमा पु¥याउन सक्ने सम्भावना औंल्याउँदै मन्त्री डा. महतले भन्नुभयो, सडक सञ्जालको विस्तार भएको छ, अब घरमा बसेर काठमाडौंमा जागीर खान सकिन्छ, डेरा लिइराख्नु पर्दैन ।’

कार्यक्रममा विभिन्न विभिन्न सांस्कृतिक झाँकी, गीत, संगीत र सांस्कृतिककर्मीले नृत्य प्रस्तुत गरेका थिए भने खेलाडीहरुले तेक्वान्दोका खेलहरु सांगीतिक महोलमा प्रदर्शन गरेका थिए ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...