CG Electronics
IME Life
NIMB

चोभारको मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरू, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काटमाडौंको चोभार स्थित मन्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा आएको छ । तीन चरण गरेर खेल्न पाइने जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर छ । सबै चरणको जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ ।

जिपलाइन खेल्दा गरिने अनुभुति अनुसार पहिलो चरणलाई ‘एड्भेञ्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई ‘द फन’ नामाकरण गरिएको छ ।

लोकप्रिय नायिका वर्षा राउतले शनिबार जिपलाइन उद्घाटन गरेकी छन् । उनले ३ चरणको जिपलाइनमा अन्यत्र भन्दा फरक र रोचक अनुभव लिएको बताइन् ।

जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ ।

जेबी एड्भेन्चर प्रा. लि.ले पर्यटन विभाग र स्थानीय तहसँग स्वीकृती लिएपश्चात जिपलाइन सञ्चालनमा ल्याउन ल्याएको कम्पनीका निर्देशक पञ्चलाल महर्जनले जानकारी दिए ।

दैनिक ३ सयदेखि ३५० जनासम्मले जिपलाइन खेल्न सक्छन् । जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५:३०बजेसम्म सञ्चालन हुने उनको भनाइ छ । १ सय किलोग्राम तौल भएकासम्मले जिपलाइन खेल्न मिल्ने महर्जनले जानकारी दिए ।

कति लाग्छ शुल्क ?

कम्पनीले जिपलाइनको पुरै प्याकेज केही समयका लागि १२ सय रुपैयाँ प्रतिव्यक्ति उपलब्ध गराउनेछ । तर पूरै नगरेर एक स्टेप मात्रै जिपलाइन गर्ने हो भने ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्नेछ ।

टेण्डम (जोडी) जिपलाइनको मज्जा १ हजार ५ सय रुपैयाँमै लिन सकिन्छ । विद्यार्थी (परिचय पत्र सहित) र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन् ।

कसरी पुग्ने ?
एकान्तकुनाबाट मेडिसिटी हस्पिटल हुँदै २ किलोमिटरको दूरीमा मन्जुश्री पार्क पुग्न सकिन्छ । सार्वजनिक सवारीमा जाँदा रत्नपार्क वा लगनखेलबाट दक्षिणकाली जाने गाडी चडेर जान सकिन्छ । रिङरोडको बल्खुबाट जान पायक पर्नेले सिधै बल्खु गएर ३ किलोमिटर दक्षिण जाँदा पनि पुगिन्छ । बल्खुबाट सार्वजनिक सवारी सहजै पाइन्छ ।

एड्भेन्चर हब बनाउने भावी योजना :

कम्पनीले चोभारमा एडभेञ्चर हब नै बनाउने गरी परियोजना विकास गर्दैछ । जिपलाइन पनि सोही अन्तर्गतको परियोजना भएको महर्जन बताउँछन् । उनले भने,’हामीले जिपलाइन सञ्चालन गरिसकेपश्चात क्रमश: अन्य गतिविधि पनि लञ्च गर्छौं । जसका लागि तयारी भइरहेको छ । यो ठाउँलाई एडभेञ्चर हब बनाउने हाम्रो लक्ष्य हो ।’

 

कम्पनीले चोभारमा ग्लास ब्रिजमा बञ्जी र स्विङ, स्काइ साइक्लिङ लगायत अन्य एड्भेञ्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरू गर्ने महर्जनले बताए ।

 

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...