CG Electronics
IME Life
NIMB

मानव अधिकार आयोगले सरकारलाई भन्यो, ‘आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणमा गम्भीर बन’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आज सोमवार अन्तर्राष्ट्रिय आप्रवासन दिवसको एक प्रेश विज्ञप्ति जारी गर्दै आयोगले आप्रवासी नेपाली श्रमिकहरुको मानव अधिकार संरक्षणका विभिन्न विषयहरुमा २०७९ चैत २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरेका ५८ बुँदा स्मरण गराएको हो ।

‘आप्रवासी श्रमिकहरुको न्यायमा सहज पहुँच नहुनु, गन्तव्य मुलुकहरुमा रहेका नियोगहरुबाट अपेक्षित, पर्याप्त यथा समयमै समस्याको सम्बोधन हुन नसक्नु, वैदेशिक रोजगारीमा जाने नागरिकहरु ठगीमा पर्नु, नेपाल सरकारद्वारा लागू गरिएका निति, नियमहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्नु, घरेलु श्रमिकहरुलाई पूर्व शर्त लागू गरी बन्देज सरहको अवस्थाले गैरकानूनी बाटो रोज्न वाध्य हुने वातावरणको सिर्जना हुनु, वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको मृत्यु, दुर्घटना, लामो समयसम्म हराउनु तथा वेपत्ता हुनु, अलपत्र तथा समस्यामा परेका श्रमिकहरुको समयमै उद्धार तथा स्वदेश फिर्ति हुन नसक्नु, आप्रवासी श्रमिकहरुको स्वास्थ्य समस्या, आप्रवासी महिला श्रमिकहरुले भोग्नु परेको यौन र्दुव्यवहार तथा श्रम शोषण जस्ता समस्याहरु विद्यमान छन्,’ आयोगका प्रवक्ता टिकाराम पोख्रेलद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय युक्रेन, रुस, अफगानस्तान, म्यानमार लगायतका द्वन्द्वग्रस्त देशमा नेपालीहरु जोखिमयुक्त अवस्थामा रहेको सूचनाहरु सार्वजनिक भइरहेको बताउँदै आयोगले भारतमा जाने नेपाली श्रमिकहरुको मानव अधिकार संरक्षण विद्यमान राष्ट्रिय कानूनले संवोधन नगरिनु ठुलो समस्या रहेको उल्लेख गरेको छ ।

आयोगले विश्व बजारको माग र समयको गतिशिलता अनुसार वैदेशिक रोजगारीमा जाने क्रमलाई देशभित्र उत्तम विकल्प नदिई रोक्न नसकिने अवस्थामा वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाई मानव अधिकार संरक्षणमा सरकारका निति, नियम तथा प्रयासहरु केन्दि«त हुनु आवश्यक रहेको उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीमा गएकाहरुले देशको अर्थतन्त्रलाई पु¥याएको योगदानको अनुपातमा उनीहरुको मानव अधिकार संरक्षणका लागि राज्यले पर्याप्त लगानी गर्न नसकेको भन्दै आयोगले विगतमा गरेका सिफारिसहरुको पूर्ण कार्यान्वयनमा जोड सरकारसमक्ष अनुरोध गरेको छ ।

 

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...