CG Electronics
IME Life
NIMB

आइसीटी अवार्ड–२०२३ मा १४ विधामा पुरस्कार, सातै प्रदेशका स्टार्टअपलाई सम्मान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । लिभिङ विथ आइसीटीले आइसीटी अवार्ड–२०२३ मा १४ विधामा अवार्ड वितरण गरेको छ भने सातै प्रदेशका स्टार्टअपलाई सम्मान गरेको छ ।

आठौं संस्करणको आईसीटी अवार्ड समारोह शुक्रबार राजधानीको होटल सोल्टीमा भएको हो ।
एक दर्जन भन्दा बढी प्री–इभेन्ट ५ महिनादेखिको छनोट प्रक्रियामा रहेका र एक महिनासम्म टेलिभिजन कार्यक्रम पश्चात् आयोजना भएको ग्राण्ड फिनालेमा १४ विधामा अवार्ड तथा सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिएको छ ।

७०० बढीको अनलाइन आवेदनबाट ५ चरणको छनोटपछि विजेताहरुलाई अवार्ड प्रदान गरिएको हो । समारोहमा अन्तर्राष्ट्रिय अवार्डका रुपमा आयोजना गरिएको साउथ एसिया स्टार्टअप आइसीटी अवार्ड–२०२३ को पनि विजेता घोषणासँगै पुरस्कृत समेत गरिएको छ ।

प्रविधि क्षेत्रका अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरको रुपमा आयोजना भएको कार्यक्रममा यस क्षेत्रका ८०० बढी विशिष्ट व्यक्तित्वको सहभागिता थियो । समारोहको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन भने अर्थमन्त्री डा.प्रकाशशरण महतले समापन सम्बोधन गरेका थिए ।

इनड्राइभका एसिया प्यासिफिक पीआर प्रमुख पभिट नन्दको पनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा श्रीलंका, भरत, बङगलादेश, भुटान र बेलायतबाट समेत सहभागीहरु थिए ।

यस वर्षको पायोनियर आइसिटी अवार्ड २०२३ पहिलो इ–कमर्स सञ्चालक बालकृष्ण जोशीले प्राप्त गरेका छन् । एनसेल वुमन आइकन आइवु सिटी अवार्ड सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छन् ।

यसैगरी, प्रोफेसनल एक्सीलेन्स अवार्ड रेनका अध्यक्ष लोचनलाल अमात्य र आइसिटी अवार्ड प्राध्यापक डाक्टर सुरेश मानन्धरले प्राप्त गरेका छन् ।

संस्थागत विधाहरुमा डिजिटल गभर्नेन्स अवार्ड नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेज अवार्ड तिलगंगा आखा प्रतिष्ठानले प्राप्त गरेको छ । यस्तै, डिजिटल एजुकेसन अवार्ड तनहँुको सत्यदेवी माध्यमिक विद्यालय र डिजिटल एजुकेसन अवार्ड (निजी क्षेत्र) काठमाडौँको अध्ययन स्कुलले प्राप्त गरेको छ ।

स्टार्टअप र इन्नोभेसनका विधाहरुमा यस वर्ष इन ड्राइभ स्टार्टअप अवार्ड २०२३ यार्सा टेकले
प्राप्त गरेको छ । प्रडक्ट अवार्ड क्युकआर पीए र राइजिङ स्टार इन्नोभेसन ब्ल्यांकसरले जित्न सफल भएको थियो । यस्तै पब्लिक च्वाइस अवार्ड मनिमित्रले जितेको छ । दक्षिण एसियाली देशहरु लक्षित साउथ एसिया स्टार्टअप अवार्ड भुटानको समूह मिडियाटेकले प्राप्त गरेको छ ।

यसबाहेक लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत सम्मान गरेको छ । यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेशबाट एड्स बी मिडिया, वाग्मतीबाट हर्टसन टेक्नोलोजी, गण्डकीबाट रेष्ट्रो एक्स, लुम्बिनीबाट टुना टेक्नोलोजी, कर्णालीबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप सम्मानित भएका छन् ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...