CG Electronics
IME Life
NIMB

विपद् जोखिम न्यूनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठले विपद् जोखिम न्यूनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् । त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने उनको आग्रह थियो ।

२६ औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले अन्य स्थानीय पालिकाहरुका लागि समेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे ।

काठमाडौं महानगरपालिकाले विसं. १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा मंगलबार न्युरोडमा आयोजना गरेको स्मृति सभामा उनले महानगरपलिकाले विपद् व्यवस्थापनका लागि गरेको पहल राम्रो भएको बताए । साथै उनले भूकम्पलगायतका विपद् जोखिमबाट बच्न नयाँ मोडेलको आवश्यकता रहेको भन्दै त्यसका लागि महानगरपालिकाले प्रदेश र संघीय सरकारसँग समेत सहकार्य गर्न सक्ने बताए ।

‘यी सबै कार्यको लागि संविधानले परिकल्पना गरे अनुसार संघीय र प्रदेश सरकारका साथै काठमाडौं महानगरपलिका मिलेर जोखिम न्यूनिकरणका र स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न मिलेर काम गरौं । त्यो मेडेल नेपालका सबै पालिकाहरुको लागि अनुकरणीय हुन सक्छ,’ उनको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरले विकटका पालिकालाई गरेको एम्बुलेन्स लगायतको सहयोग तथा जाजरकोट भूकम्पमा गरेको सहयोग र पुर्नर्निमाणमा देखाएको चासोको प्रशंसा गरे ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले हरेक पालिकालाई भूकम्प लगायतका अन्य विपदको जोखिमबाट बच्न सजग र सचेत गराउँदै काठमाडौंको मौलिक घर÷भवन निर्माण संरचनाको कलालाई अन्य स्थानीय पालिकामा पनि विस्तार गर्नुपर्ने धारणा राखे ।

उनले काठमाडौं महानगरले सुरु गरेको आगलागी नियन्त्रणका साधन व्यवस्थापन,एक्बुलेन्स सेवा, शैक्षिक क्षेत्रको सुधार लगायतका कार्य अन्य स्थानीय पालिकाको लागि समेत अनुकरणीय भएको बताए ।

 

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...