CG Electronics
IME Life
Ncell NPL

सडक दुर्घटनाको कहर : औसतमा दैनिक ७० वटा दुर्घटना, ७ जनाको मृत्यु

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस गत शुक्रबार आधारातमा दाङको भालुवाङनजिकै राप्ती पुलबाट नदीमा खस्यो । बसमा सवार ३६ जनामध्ये तीन भारतीय नागरिकसहित १२ जनाले ज्यान गुमाए भने २४ घाइते भए ।

त्यसको २४ घण्टा नबित्दै काठमाडौँको चन्द्रागिरिमा कार दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए । उता बागलुङमा जीपको ब्रेक फेल भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो । राप्ती दुर्घटनाको कारणबारे प्रहरीको प्रष्ट निष्कर्ष छ– चालकको लापरबाही ।
त्यस्तै, चन्द्रागिरि दुर्घटनामा सडक र बागलुङ दुर्घटनामा सवारी साधन नै दुर्घटनाका कारण हुन् भन्नेसमेत प्रष्टै छ ।तर,राप्ती दुर्घटनामा चालकलाई समातेर जेल हाल्ने तयारीमा रहेको प्रहरी चन्द्रागिरि र बागलुङ दुर्घटनामा भने केही गर्न सक्ने अवस्थामा छैन, किनकि दुवै दुर्घटनामा चालक आफैँ रहेनन् ।

दुर्घटनामा चालकलाई दोषी भेट्दा कानूनी दण्ड गर्ने सरकार सडक निर्माण र कमजोर सवारीसाधनका कारण भएका दुर्घटनालाई भने नजरअन्दाज गर्छ । यसपटक २४ घण्टाको अवधिभित्रै दुर्घटनामा १९ जनाको मृत्यु हुँदा सिंगो देश भावविह्वल बन्यो । तर, यी नै सडक र सवारी व्यवस्थापनमा चुकेको सरकार र चालकबाट भएका लापरबाहीकै कारण औसतमा दैनिक ७ जनाको मृत्यु भइरहेको तथ्यतर्फ कसैको ध्यान गएको छैन ।

सडक दुर्घटनामा परी पछिल्लो २९ महिनामा देशभर ६ हजार १६७ जनाको मृत्यु भएको छ । यो अवधिमा २४ हजार ५३७ वटा दुर्घटना भएका छन् भने ती दुर्घटनामा ९३ हजार ८०३ वटा सवारीसाधन परेका छन् । ती दुर्घटनामा १५ हजार ७७१ जना गम्भीर घाइते भएका थिए भने ६१ हजार ३०१ जना घाइते भएका थिए । दुर्घटनामा परी ३३५ वटा चौपायाले ज्यान गुमाए ।

यो तथ्यांक केलाउँदा औसतमा दैनिक करिब ७० वटा दुर्घटना हुन्छन् भने ती दुर्घटनामा परी औसतमा दैनिक ७ जनाको ज्यान गुमिरहेको छ । नेपाल प्रहरीका अनुसार हरेक दिन औसतमा १०७ वटा सवारी साधन दुर्घटनामा पर्छन् ।

प्रहरीकै अनुसार यो मानवीय क्षति अन्य प्राकृतिक विपत्तिबाट भएकोभन्दा दोब्बर बढी हो । तर दुर्घटनाको यस्तो भयावह अवस्था हुँदा पनि नियमन र न्यूनीकरणका लागि सरकारले ठोस् कदम चालेको छैन ।

प्रहरी प्रधान कार्यालयका निमित्त प्रवक्ता दानबहादुर कार्कीका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म मात्रै १० हजार ७४५ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा १७ हजार ३२ वटा सवारी साधन परेका छन् भने ९१६ जनाको ज्यान गुमेको छ । २ हजार ७५१ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार यस्ता दुर्घटनामध्ये ७० प्रतिशतभन्दा बढीमा चालकको लापरबाही प्रमुख कारण हो । प्रहरीको विश्लेषण भन्छ– चालक र यात्रुको लापरबाही, तीब्र गति, मदिरा सेवन, यान्त्रिक गढबडी, ओभरलोड र गलत ओभरटेकका कारण दुर्घटनाको दर बढ्दो छ । सरोकारवालाले भने सरकारको कमजोरीका कारण दुर्घटना बढेको बताउने गरेका छन् ।

गत शनिबार चन्द्रागिरिमा भएको दुर्घटनामा दुर्घटनाको कारण सडकको अव्यवस्थ भएको भन्दै विरोध भइरहेको छ । विभिन्न राजनीतिक दल र सरोकारवालाले सरकारले सडक निर्माण, यातायात व्यवस्थापन र सञ्चालनमा लापरबाही गरेको भन्दै बढ्दो दुर्घटनाको कारणबारे छानविनको माग गरेका छन् ।

नेपाली कांग्रेसले दुर्घटनाकै दिन बढ्दो दुर्घटनाबारे छानविन समिति गठन गर्न माग गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेरै त्यसबारे ध्यानाकर्षण गराएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले आफूहरूले पनि बढ्दो दुर्घटनाका विषयमा सरकार जिम्मेवार बन्नुपर्ने माग गरेको बताए । ‘दुर्घटना कम गर्न पटक–पटक पहल भएको छ, आवाज पनि उठेको छ,’ उनले भने, ‘तर सरकारले सुन्दैन । हामीले पनि बढ्दो दुर्घटनाबारे अध्ययन र नियन्त्रणका लागि कार्यदल बनाएर काम गर्न माग गरिरहेका छौँ ।’

 

 

नाडा र वाणिज्य विभागबीच अधिकतम मूल्य स्टिकरबारे छलफल

नाडा र वाणिज्य विभागबीच अधिकतम मूल्य स्टिकरबारे...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:१६

  काठमाडौं, बैशाख ८ — नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...