CG Electronics
IME Life
NIMB

चिया र अलैँची अनुसन्धान केन्द्र स्थापनाको पहल

NIMB
Himalayan Bank

 

विराटनगर । चिया उत्पादनको उद्गम भूमि इलाममा चिया र अलैँचीबारे व्यवस्थित रुपमा अनुसन्धान गरिने भएको छ । यसका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।

राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो ।

इलाम नगरपालिका–१ साँखेजुङमा बन्ने अनुसन्धान केन्द्रका लागि प्रारम्भिक चरणको काम सुरु भइसकेको छ । स्थानीय तीनजनाले केन्द्रका लागि निःशुल्क रुपमा जग्गा दान गरेका छन् ।

केन्द्रका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ । पहिलो चरणमा भवनलगायत संरचना निर्माणका लागि १३ रोपनी क्षेत्रफललाई सम्याइएको छ । भवन निर्माणका लागि ठेक्का लागिसकेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए ।

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका–१ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा प्राप्त भएको छ । स्थानीय रेतनाथ दाहालले १३ रोपनी, मित्र दाहालले १४ रोपनी तथा देवी दाहालले १५ रोपनी जग्गा हस्तान्तरण गरेको इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले बताए ।

अनुसन्धान केन्द्रका लागि एक सय रोपनीभन्दा बढी जमिन आवश्यक पर्नेमा ४२ रोपनी जग्गा प्राप्त भइसकेको र अब थप ५२ रोपनी जग्गा आवश्यक रहेको दुलालको भनाइ छ ।

डेढ शताब्दीभन्दा अघि नेपालमै पहिलो पटक इलामबाट चिया खेती सुरु भएको इतिहास छ । जिल्लाभरि हजारौं किसानले चिया खेती गरिरहेका छन् ।

इलामबाट बिस्तार भएर पाँचथर, झापा, धनकुटालगायत अन्य थुप्रै जिल्लामा चिया खेती भइरहेको छ ।

यसैगरी, अलैँची उत्पादनका लागि पनि इलाम उर्बर जिल्ला मानिन्छ । यहाँबाट वर्षेनि ठूलो परिमाणमा अलैँची उत्पादन भइ निर्यात हुने गरेको छ ।

छिमेकी जिल्लाहरु पाँचथर, ताप्लेजुङ र अन्यत्र पनि अलैँची खेती मनग्य हुने गरेको छ ।

अब यी दुबै मुख्य उत्पादनबारे अनुसन्धान गर्न व्यवस्थित केन्द्र स्थापना भएपछि खेतीमा देखिएको समस्या, रोग, उत्पादनसँग सम्बन्धित अन्य प्राविधिक पक्षहरुबारे सुक्ष्म रुपमा जानकारी लिन सकिने चिया उद्यमी निर्मला कट्टेलको भनाइ छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...