CG Electronics
IME Life
NIMB

पुल्चोकमा बीवाइडीको नयाँ शोरुम सञ्चालनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालमा आफ्ना गाडीको बिक्री बढेसँगै पूर्वाधार थप्दै आएको चिनियाँ विद्युतीय अटो निर्माता कम्पनी बीवाइडीले ललितपुरको पुल्चोकमा शोरुम खोलेको छ ।

बुधबारबाट सञ्चालनमा आएको शोरुमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका छन् ।

विद्युतीय सवारी उत्पादनमा अग्रणी उक्त कम्पनीको भर्खरै नेपाली बजारमा आएको नयाँ कार डल्फिन कारसमेत शोरुममा सार्वजनिक गरिएको छ । महानगर प्रमुख महर्जनले विद्युतीय गाडी प्रवर्धनका लागि ललितपुर महानगर सधंै लागेको बताउँदै विकास निर्माणका लागि प्रयोग हुने ठूला सवारीसाधन बाहेक अन्य गाडीहरु विद्युतीय मात्र प्रयोग गर्ने गरेको बताए ।

उनले भने, ‘विकास निर्माणका लागि प्रयोग हुने टिप्पर, ट्रकहरुमा डिजल–पेट्रोल चाहिन्छ नै । यसको विकल्प पनि छैन । तर, अन्य प्रायोजनका लागि विद्युतीय गाडीको प्रयोग बढाउँदै लगेका छौं । ’बीवाइडीका विद्युतीय गाडीहरुले वायु प्रदूषणमा कमी ल्याउनमा महत्वपुर्ण भूमिका खेलेको भन्दै निजी कम्पनीसँग सहकार्यका लागि महानगर तयार रहेको उनको भनाइ थियो ।

 

बीवाइडीको ४५ किलोवाट आवर लिथियम आयोन ब्याट्री रहेको डल्फिनमा ७० किलोवाट मोटर जडान गरिएको छ । यसले ३ सय ४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । नेपाली बजारमा यसको मूल्य ३९ लाख ८० हजार निर्धारण गरिएको छ ।

 

 

 

 

 

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...