CG Electronics
IME Life
NIMB

डेरी क्षेत्रमा आवश्यक नीति तर्जुमा गर्न मन्त्रालय तयार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले डेरीको क्षेत्रमा आवश्यक नीति नियम तर्जुमा गर्न मन्त्रालय पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् ।

राजधानीमा आइतबार नेपाल डेरी एसोसिएशनको रजत जयन्तीसँगै वार्षिक साधारण सभाको कार्यक्रममा उनले आवश्यक नीतिनियम कार्यान्वयन र योजना तर्जुमा गर्ने हो भने त्यसमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले भने, ‘यस क्षेत्रमा देखा परेका समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नु पर्छ । यो क्षेत्रले सहरको पैसालाई गाउँमा लाने काम गर्छ र यसबाट गाउँलाई पनि समृद्ध बनाउन सकिन्छ । यो क्षेत्रमा आवश्यक नीतिनियम कार्यान्वयनमा ल्याउनु, योजना तर्जुमा गर्नु त्यसमा कृषि मन्त्रालयको तर्फबाट सहयोग गर्न हामी सधैं तयार छांै ।’

कृषिमा डेरी पुरानो र व्यवस्थित तरिकाले अगाडि बढेको क्षेत्र भएको भन्दै उनले यो क्षेत्रमा काम गर्नका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषि सम्बन्धी नीतिनियम समयसापेक्षित रुपमा परिष्कृत हुन नसकेको भन्दै यसप्रति गम्भीर हुन आवश्यक भएको भनाइ राखे ।

उनले भने, ‘हाम्रो कृषि सम्बन्धी नीतिनियम पनि समय सापेक्षित रुपमा परिष्कृत हुनुपर्ने, त्यो पनि हुन सकेको छैन । यसले पनि यो क्षेत्रमा प्रभाव परेको छ । त्यसकारण नीतिनियमहरु परिष्कृत गर्दै डेरीका उत्पादनलाई संरक्षण गर्दै निर्यात गर्न सक्ने क्षेत्र बनाउनु पर्छ । यो क्षेत्रलाई गम्भीरतापूर्वक रुपमा हेर्न आवश्यक छ ।’

यस्तै, उनले सम्भावनाका क्षेत्र पर्यटन र कृषि भनेपनि यसको विकास हुन नसकेको भन्दै आयातमुखी घटाउदै निर्यातमुखी अर्थतन्त्र विकास गर्नु ठूलो चुनौती भएको बताए ।

उनले भने, ‘यो हाम्रो जीवन पद्धतिसँग जोडिएको क्षेत्र हो । यो सम्बन्धी पाठ्यक्रम पढाउने संस्थाको अभाव छ । हाम्रो सम्भावनाका क्षेत्र पर्यटन, कृषि भन्छौ तर यस्तो क्षेत्रहरुलाई पनि हामी यसरी लान्छौ भने हामीसँग उजागर नभएका र अन्य सामग्रीहरुलाई कसरी प्रवद्र्धन गर्छौ, कसरी आयातमुखी घटाउदै निर्यातमुखी अर्थतन्त्रमा लान्छौं भन्ने ठूलो प्रश्न छ ।’

कार्यक्रममा सहभागीहरुले डेरी क्षेत्रका समस्याहरु समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...