CG Electronics
IME Life
NIMB

बारा जिल्लाले अथाह सम्भावना बोकेको छः अर्थमन्त्री डा. महत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको, तर त्यो सम्भावनाअनुसार काम नभएको बताउनु भएको छ । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्नुभयो, ‘बाराको उत्पादन, उत्पादकत्व बढोस्, किसानको जीवनस्तर माथि उठोस् भन्ने सरकारको चाहना हो ।

बाराका किसानका लागि पर्याप्त सिँचाइ छैन, सुनकोशी मरिन डाइर्भसनले सिँचाइमा थप मद्दत पुग्ने मन्त्री डा. महतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कृषिका कारणले मात्र बारा महत्वपूर्ण होइन, सिमरा औद्योगिक करिडोर पनि बारामै पर्छ । यहाँ धेरै उद्योग व्यवसाय स्थापित छ । अझै धेरै उद्योग व्यवसाय यस क्षेत्रमा आओस् भन्ने सरकारको चाहना हो । यसले स्थानीय जनताको रोजगारी र आवश्यकतालाई थप सहयोग पुग्छ ।’

‘तराईसँग काठमाडौं जोड्ने द्रुतमार्ग पनि निर्माण हुँदैछ । यो मार्ग छिटो सम्पन्न गर्नुपर्छ भनेर सरकारले खबरदारी गरिरहेको छ । यो मार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं–बाराको दूरी ४५ मिनेटमा झार्नेछ’ मन्त्री डा. महतले भन्नुभयो, ‘बाराबाट एकैदिनमा काठमाडौं पुग्ने र काम सकेर फर्किने वातावरण बन्दैछ । त्यत्ति मात्र होइन, अन्तर्राष्ट्रिय विमानस्थल पनि बारामै बन्दैछ, विविध कारणले यो ढिलाइ भएको छ । यसबारेमा भारतलगायत अन्य विभिन्न लगानीकर्तासँग कुराकानी भइरहेको छ ।’

‘द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल बारामा निर्माण भएपछि बाराको आर्थिक विकासले छर्लाङ मार्छ । यहाँका जनताको जीवनस्तर धेरै माथि उठ्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘भारतसँग निकासी र पैठारी गर्ने नाका भएन भन्ने बाराबासीको जुन गुनासो छ, यसलाई सम्बोधन गर्न मैले तीनवटा नाका निरीक्षण गरें, अध्ययन भइरहेको छ । नाका खोल्न हामीले मात्र ल्याउने र दिने भनेर हुँदैन, दुवै देशको सहमति र साझेदार चाहिन्छ । दुवैतिर पूर्वाधार हुनुपर्छ । एउटा ठूलै नाका बारामा होस् भन्ने सरकारको चाहना हो ।’

‘धैर्य गर्नुहोला, अध्ययनको आधार र भारतसँग छलफलपछि बारा एउटा नाका खुल्न सक्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘यसवर्ष सातै प्रदेशको धार्मिक स्थल र सांस्कृतिक केन्द्रको विकासका लागि बजेट राखिएको छ । बाराको गढीमाइलाई पनि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । पर्यटकीय र उत्पादनको क्षेत्र, पूर्वाधार विकास सरकारको प्राथमिकताको क्षेत्र हो ।’

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...