CG Electronics
IME Life
NIMB

नेपालको सीमा क्षेत्रमा कडाई तथा व्यवस्थित गर्ने विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसंग छलफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटगरी विभिन्न विषयहरूमा छलफल गरेको छ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किलोमिटरसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था गर्न आग्रह गरेका छन्।

नेपालमा मालवाहक भारतीय ट्रक निर्वाध रूपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट खासगरी नेपालको मालवाहक सवारी साधनहरूको बिक्री र त्यसको व्यवसायमा गम्भीर असर परेको भन्दै अध्यक्ष चौधरीले यस्तो आग्रह गरेका हुन्।

नेपाल र भारतबीच खुला सीमानाका कारणले भारतबाट भारी मात्रामा अनधिकृत रूपमा लुब्रिकेन्टस्, टायर तथा अटोमोबाइल स्पेयर पार्टसहरू आयात हुने गर्छन्। यसले नेपालका लुब्रिकेन्टस् र टायरट्युब उद्योगहरूलाई गम्भीर असर परिरहेको छ।

ती वस्तुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार-व्यवसाय गरिरहेका व्यवसायीहरू आफ्नो व्यवसायमा टिक्न कठिन हुँदै गइरहेको सन्दर्भ प्रस्तुत गर्दै नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित गर्नुपर्ने देखिएको बताए। यसो भए देशले गुमाइरहेको ठूलो राजस्व पनि प्राप्त हुने उनले बताए।

 

छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधिलाई ७२ घण्टा पुर्‍याइएको र सीमा नाकामा भइरहेको समस्याहरूबारे चासो राख्दै यस्ता समस्याहरूको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए।

छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह-कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एसाेसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो।

 

 

 

 

 

 

 

 

 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...