CG Electronics
IME Life
NIMB

प्रधानमन्त्री प्रचन्डले राष्ट्रका नाममा सम्बोधन गर्दै आजै राजीनामा दिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१० जेठ, काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्दै आज राजीनामा दिने गरी छलफल अगाडि बढाएका छन्। संसदमा सम्बोधन गरेर सत्ता छोडेको जानकारी दिन खोजेका प्रधानमन्त्री दाहाल एमाले अवरोधका कारण त्यो सम्भव नभएपछि राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने विकल्पमा गएका हुन्।

मंगलबार नै संसदलाई सम्बोधन गरेर राजनीमा दिने तयारी गरेका प्रधानमन्त्री दाहालले एमाले अवरोधका कारण संसद बैठक चल्न नसकेपछि सम्बोधन गर्न पाएका थिएनन्। निर्वाचन आचार संहिता लागु भएपछि तराईका केही जिल्लामा स्थानीय तह थपेको विरोधमा एमालेले मंगलबारको संसद बैठक अवरुद्ध पारेको थियो।

संसद खुलाउन मंगलबार अबेरसम्म भएका छलफल निष्कर्षमा पुग्न नसकेपछि बैठक बस्दै नबसी बुधबार अर्को बैठक डाकिएको थियो। एमालेले संसद अवरुद्ध पार्ने अडान कायम राखेपपछि बुधबार पनि संसद बैठक बस्न सकेन।

बुधबार बिहान प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारमा संसद खोल्नेबारे छलफल गर्न नेताहरुको बैठक डाकेका थिए। तर एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारको छलफलमा गएनन्। त्यसपछि संसद भवन नयाँ बानेश्वरमा पनि प्रधानमन्त्री दाहालले तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए। सो बैठकमा पनि ओली आएनन्। बैठकमा एमालेका नेता माधवकुमार नेपाल र सुवास नेम्वाङ सहभागी थिए।

‘उहाँहरुले कुनै हालतमा पनि संसद चल्न नदिने अडान लिएपछि अब छलफलका लागि प्रधानमन्त्रीज्यू सिंहदरबार जानुभएको छ’, दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘छलफलपछि आजै राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिन सक्ने सम्भावना छ।’

पूर्वसहमति अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री दाहालले राजीनामा दिन लागेका हुन्। प्रतिपक्षी एमालेले भने एक चरणको निर्वाचन एउटाले गर्ने अर्को चरणको निर्वाचन अर्को सरकारले गर्ने कुरा नमिल्ने भन्दै दोस्रो चरणको निर्वाचनपछि मात्र सत्ता फेरबदल हुनु पर्ने बताउँदै आएको छ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...