IME Life
NIMB

शिवहरी पौडेल र प्रियंका कार्की ‘छक्का पन्जा २’ मा स्वस्तिमाको आमा-बुबाको भूमिकामा

NIMB
Himalayan Bank

२८ बैशाख, काठमाण्डौँ । नायिका रेखा थापापछि नेपाली फिल्मकी नम्बर वान नायिकाको ट्याग पाएकी प्रियंका कार्की अहिले गएको बर्ष रिलिज भएको फिल्म ‘छक्का पन्जा’ को सिक्वेल ‘छक्का पन्जा २’ को छायांकनमा व्यस्त छिन् । ‘छक्का पन्जा २’ को शुभमुहूर्त समारोहमा उपस्थित नभएकी प्रियंकाले यो फिल्ममा नायिका स्वस्तिमा खड्काकी आमाको भूमिका निर्वाहा गर्दैछिन् ।

छक्का पन्जामा दीपकराज गिरीसँग विवाहको नाटक गरेर अन्तिममा शिवहरी पौडेलकी श्रीमती बनेकी प्रियंकाले ‘छक्का पन्जा २’ मा छोरी स्वस्तिमालाई जन्मदिएकी छिन् । निर्माणपक्षले यस विषयमा आधिकारीक जानकारी नदिएपनि शिवहरी पौडेल र प्रियंका कार्की ‘छक्का पन्जा २’ मा स्वस्तिमाको आमा-बुबाको भूमिकामा देखिँदैछन् ।

स्वस्तिमाकी आमा बनेपछि प्रियंकाको लुक्स कस्तो भयो होला ? सायद तपाईहरु पनि हेर्न आतुर हुनुहुन्छ । फिल्मीखबर डटकमलाई प्रियंका कार्कीको दुई तश्वीर प्राप्त भएको छ, जुन तश्वीरमा प्रियंका निकै साधारण महिलाको रुपमा देखिएकी छिन् । यो तश्वीर प्रियंका ‘छक्का पन्जा २’ मा स्वस्तिमाकी आमा बनेपछिको हो ।
असोज ११ गतेलाई रिलिज डेट फाइनल गरिएको यो फिल्मलाई दोस्रो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य  भूमिका रहेको छ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार हुन लागेको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...