CG Electronics
IME Life
NIMB

यसरी मनाउदै छ बानाले नयाँ वर्ष

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

कुसुम खड्का/अमेरिका- अमेरिकाको मेरिल्याण्ड राज्य स्थित बाल्टिमोरको अग्रणी साझा संस्था वानाले नेपाली नयाँ वर्षको अवसर पारेर भव्य सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

यही अप्रिल २३ तारिख आइतबारको साँझ एक ऐतिहासिक सांगितिक चाड सम्पन्न गर्ने गरी प्रायः अन्तिम तयारीमा जुटेको संस्थाका वरिष्ठ उपाध्यक्ष सुबोध विलास पन्तले बेलाको बोली डट कमलाई जानकारी गराउनु भएको छ । उहाँका अनुसार अमेरिकाको सांगितिक भ्रमणमा रहनु भएको ख्याती प्राप्त गायक प्रमोद खरेल कार्यक्रमको मुख्य आकर्षक रहनु भएको छ । गायक खरेलले म विना कसैकसैलाई मुस्किल छ पोखरामा, पिलायो पापी मायाले, याद गर्न पनि .. जस्ता लोकप्रिय गीत गजल गाउने कार्यक्रम रहेको छ । त्यस्तै कार्यक्रममा न्यूयोर्कमा रहँदै आउनु भएका वहुचर्चित गायक तथा संगितकार विमल डाँगी समेत सहभागी हुने कार्यक्रम रहेको संस्थाका उपाध्यक्ष जनकराज पौडेलले हामीलाई जानकारी गराउनु भएको थियो । गायक विमल डाँगी र बाल्टिमोर मै रहनु भएकी चर्चित गायिका शान्ति भण्डारीले प्रत्यक्ष दोहोरी गाएर सयौं दर्शकदीर्घाको मन जित्ने अनुमान गरिएको छ । विदेशका अधिकांश सांगितिक कार्यक्रममा दोहोरी गीतको विशेष भूमिका रहदै आएको छ ।

वानाले आयोजना गरेको सो “शुभकामना साँझ २०७४” मा चर्चित नायिका नन्दीता केसीले कही आकर्षक नृत्यहरु प्रस्तुत गर्ने वानाका अध्यक्ष अनुसुया वन्तले बेलाको बोलीलाई जानकारी गराउनु भएको थियो । वन्तले थप्नु भयो “यो पटकको कार्यक्रम मनोरञ्जन मन पराउने जो कसैका लागि पनि सुहाउदो छ” ।

कलाकारको राजधानी भनेर चिनिने बाल्टिमोर शहरमा आयोजित सो कायैक्रममा काली सुन्दरी बोलको गीत गाएर चर्चा बटुलेकी गायिका अञ्जना गुरुङ्गले समेत आप्mनो दमदार गायन प्रस्तुत गर्नु हुनेछ । त्यस्तै भर्खरै मात्र आप्mनो पहिलो गिति संग्रह मार्फत बजारमा आउनु भएका सुमधुर स्वरका धनी गायक दिनेश भण्डारी समेत कार्यक्रमको आकर्षण रहनु हुने भएको छ । यता भर्खरै मात्र न्यूयोर्कबाट मेरिल्याण्डमा बसाइ सराई गरी आउनु भएका कन्हैया सिंहले समेत आफ्नो सांगितिक प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नु हुनेछ ।

त्यस्तै कार्यक्रममा मेरी आकेली गीतका गायक श्रीजन ताम्राकारले समेत आप्mनो सदाबहार गीत प्रस्तुत गर्दै दर्शकलाई नचाउने अनुमान गरिएको छ ।

विशेष सांगितिक धमका शुभकामना साँझ २०७४ मा नायक राजबल्लभ कोइरालाको समेत गरिमामय उपस्थित रहने आयोजक बानाले जनाएको छ । कार्यक्रममा नायिका सारङ्गा श्रेष्ठ, शुसांक मैनाली, खेम शर्माको संलग्नता रहनेछ । त्यस्तै रुथमान गुरुङ्गको नृत्यु, शिवराज जोशीको गायन लगायत स्थानीय कलाकारको वहुतै आकर्षक नृत्य रहने जानकारी प्राप्त भएको छ । अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न हुने सो कार्यक्रममा महावाणिज्य दुत तथा लोकप्रिय गायक प्रेमराजा महतको विशेष आतिथ्यता रहने बानाका महासचिव सन्देश कुमार खड्काले बेलाको बोली डट कमलाई जानकारी गराउनु भयो ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...